काठमाडौ : केही बर्ष पहिलेसम्म सबैको घरमा चर्पी थिएन । त्यत्तिबेला चर्पी बनाउन लगाउने काम नै प्रमुख थियो । तर अहिले सबैको घरमा चर्पी छन् । सबैको घरमा चर्पीको सुविधा भएसँगै ढल व्यवस्थापन र दिसाजन्य लेदो व्यवस्थापनको समस्या पनि टड्कारो भएर देखा पर्दैछ । वर्तमान अवस्थामा ढल निर्माण भएका कतिपय शहरी क्षेत्रमा त्यसलाई सीधै खोलामा लगेर बिसर्जन गर्ने गरिएको छ भने ढल प्रणालीमा जडान नभएका घरको सेफ्टिक ट्याङ्की भरिएपछि सफाइ क्षेत्रमा काम गर्दै आएका ट्याङ्कर मजदुरको मद्दतमा खाली गरेर कतै न कतै विसर्जन गर्दै आएको छ ।
अहिले गरिरहेको यो अभ्यास स्वास्थ्य र वातावरणको दृष्टिले अति घातक काम हो । यसले छोटो समयका लागि समस्या समाधान भएजस्तो त होला तर दिर्घकालमा यसले वातावरण र मानवीय स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्छ । त्यसैले वर्तमान परिपाटीको अन्त्य गरी आधुनिक, प्रविधियुक्त र दिगो सरसफाइको अवधारणा अवलम्बन गरी दिसाजन्य लेदोको व्यवस्थापन गर्न जरुरी छ ।
यसका लागि क कसले के गर्न सक्छन् त ? हेरौं यो भिडियो :