खानेपानी संस्थानमा ४६ जनाको लागि जागीर खुल्यो

काठमाडौ : नेपाल खानेपानी संस्थानले विभिन्न पदमा ४६ जना कर्मचारी भर्ना गर्ने भएको छ । संस्थानका विभिन्न शाखा कार्यालयहरुमा ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागेको संस्थानले जनाएको छ । मंगलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका व्यक्तिहरूलाई ३० दिनभित्र दरखास्त दिन संस्थाले आग्रह गरेको छ ।

प्रकाशित सूचना अनुसार जुनियर प्लम्बर सात जना, लाइट ड्राइभर सात जना, प्लान्ट एटेन्डेन्ट एक जना, ल्याब ब्वाई तीन जना र हेल्पर १४ तथा कार्यालय सहयोगी पनि १४ जनाका लागि आवेदन माग गरिएको छ ।

विस्तृतमा हेर्नुहोस् यो सूचना :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार