सुदुरपश्चिम प्रदेश JSR को तयारी पूरा

  वास खबर सम्वाददाता  638 पटक हेरिएको

धनगढी : सुदुरपश्चिम प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा (JSR) भोलि (शुक्रबार) हुने भएको छ । JSR अन्तर्गतको लैङ्गिक समता र सामाजिक समावेशीकरण (जेसी) विषयगत कार्यसमूहले शुक्रबार हुने संयुक्त क्षेत्रगत समीक्षा गोष्ठीको तयारी पूरा भएको जनाएको हो ।

समूहका टिम लिडर एवं शहरी विकास मन्त्रालयका वरिष्ठ समाजशास्त्री कमल अधिकारीले सुदुरपश्चिम प्रदेशको संयुक्त क्षेत्रगत समीक्षा गोष्ठीको सबै तयारी पूरा भएको र गोष्ठीमा छलफल हुने सात वटै बिषयगत समूहको लागि कार्यविभाजन समेत गरिसकेको बताउनुभयो ।


उहाँका अनुसार जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरणको सहजीकरण एसएनभी नेपालकी साबित्रा ढकालले गर्नुहुनेछ । यस्तै सुरक्षित रूपमा व्यवस्थित सरसफाई सेवा र स्वच्छता युनिसेफका विश्वराज भट्ट, सुरक्षित रूपमा व्यवस्थित खानेपानी सेवा खानेपानी मन्त्रालयका इन्जिनियर कमलेश रायले सहजीकरण गर्नुहुनेछ ।

यस्तै खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन, संस्थागत व्यवस्था र क्षमता विकासको सहजीकरण लुमन्तीका उद्धव भट्टराई, योजना तर्जुमा, अनुगमन र मूल्याङ्कन कर्णाली जल परियोजनाकी निलम धनुषे र खानेपानी र सरसफाइ क्षेत्रगत लगानीका बिषयमा फिनल्याण्ड दुताबासकी कामना गुरुङले गर्नुहुनेछ भने लैंगिक समता तथा सामाजिक समावेशीकरणको सहजीकरण वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) की सिर्जना कार्कीले गर्नुहुनेछ ।

क्षेत्रगत समीक्षाको पूर्व सन्ध्यामा गरिएको तयारी बैठकमा वाटर एड नेपालका परामर्शदाता डा.गंगादत्त नेपालले शुक्रबार हुने सुदुरपश्चिम प्रदेशको संयुक्त क्षेत्रगत समीक्षा गोष्ठीमा हुने कार्यक्रमहरुबारे जानकारी दिदै सुदुरपश्चिम प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्थाबारे सुदुरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर मोहन बहादुर कुँवरले प्रस्तुतीकरण गर्ने जानकारी गराउनुभयो ।

यस्तै कन्चनपुरको बेलौरी नगरपालिका र अछामको तुर्माखाँद गाउँपालिकाबाट प्राप्त नतिजाहरुको प्रस्तुतीकरण वाटर एड नेपालकी नीति तथा पैरवी प्रमुख सीमा रजौरियाले प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि सामूहिक कार्य हुने र त्यसको सहजीकरण वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) की लैगिक समता र सामाजिक समावेशी विशेषज्ञ सिर्जना कार्कीले गर्नुहुनेछ ।


शुक्रबार हुने सुदुरपश्चिम प्रादेशिक संयुक्त क्षेत्रगत समीक्षा गोष्ठीमा सुदुरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य तथा शिक्षा हेर्ने मन्त्रालय, सुदुरपश्चिम प्रदेशको विभिन्न जिल्लाको स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख कार्यकारी अधिकृतहरु, महिला समूहहरु, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु, सरसफाइकर्मी, अपाङ्गता भएका व्यक्ति, लैंगिक तथा सामाजिक समावेशीकरणको क्षेत्रमा आवाज उठाउँदै आएका अभियन्ता, महिनावारी सदभावना दूत लगायतको सहभागिता रहनेछ ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार