प्रहरीको स्कर्टिङमा बञ्चरेडाँडा पुर्‍यायो काठमाडौको फोहोर

  वास खबर सम्वाददाता  565 पटक हेरिएको

काठमाडौ : प्रहरी सुरक्षाका बीच काठमाडौँको फोहोर बन्चरेडाँडा लगेर विसर्जन गरिएको छ । साउन १ गतेदेखि स्थानीयबासिन्दाको अवरोधका कारण बीच बाटोमै रोकिएको फोहोरको गाडी प्रहरी सुरक्षामा बन्चरेडाँडा ल्याण्डफिल साईट पुर्‍याइको हो । उपत्यकामा फोहोरको डंगुरले समस्या निम्त्याउने देखेपछि शुक्रबार सुरक्षाकर्मीको स्कर्टिङमा फोहोर बोकेका १ सय ५० वटा गाडी बन्चरेडाँडा पुर्‍याइको हो ।

जसका लागि नेपाल प्रहरी र सशस्त्र सहित पौने दुई सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रहरीले सुरक्षा दिएर फोहोरको गाडी लगेपनि स्थानीयले भने अवरोध कायमै राखेका थिए ।

यस अघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँग मानिस बस्न नसक्ने भन्दै आन्दोलनमा उत्रिएका स्थानीयलाई जनप्रतिनिधीहरुले समेत ऐक्यबद्धता जनाएपछि साउन १ गतेदेखि काठमाडौको फोहोर उठाईएको छैन । जसका कारण काठमाडौँको विभिन्न क्षेत्रमा फोहोर थुप्रिएको छ ।

काठमाडौं महानरपालिका सहित १७ वटा स्थानीय तहबाट निस्केका १०–१२ टन फोहोर दैनिक रुपमा बन्चरेडाँडा ल्यान्डफिल साइटमा फालिँदै आएको छ । बन्चरेडाँडामा दैनिक १ सय ८० ट्रकमार्फत फोहोर फाल्ने गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार