खानेपानी आयोजनामा आउने सबै झण्झट, अब एप्लिकेसनबाटै चट

  वास खबर सम्वाददाता  2383 पटक हेरिएको

काठमाडौ : ‘रिजर्भ्वायर ट्याङ्कमा पानी सकिँदा पनि थाहा नहुने, कहिले पानी भरिएर घण्टौं हुँदासम्म पनि पम्प बन्द नगर्ने, पानी भरिएर पनि पम्प चलिरहँदा धेरै विजुलीको बील तिर्नुपर्ने, पानी तान्न र बन्द गर्न पम्प अपरेटर पुगिरहनु पर्ने’ जस्ता समस्याहरु वर्तमानमा खानेपानी उपभोक्ता संस्थाहरुले भोग्दै आएका समस्या हुन् ।

कार्यालयमै बसी बसी यी समस्याको समाधान खोजिरहनु भएको छ भने अब एउटै एप्लिकेसनबाट चट हुने भएको छ । खानेपानीको क्षेत्रमा विभिन्न प्रविधिको विकास गर्दै आएको दियालो टेक्नोलोजिजले ‘स्मार्ट खानेपानी तथा खानेपानी सम्पत्ति व्यवस्थापन’ सम्बन्धी कार्यशालामा यसबारेमा जानकारी गराएको हो ।


दियालोले विकास गरेको विभिन्न प्रविधिमध्ये पम्प नियन्त्रण प्रणाली एक हो । यसको प्रयोगले पम्प सञ्चालन गर्न मानिस खटाईरहनु पर्दैन भने पम्पको आवश्यकता अनुसार खोल्न र बन्द गर्न सकिन्छ ।

पम्प स्वचालित रुपमा सञ्चालन हुने भएकाले ट्याङ्की रित्तिन लागेमा आफै पानी तान्न सुरु हुने र भरिन लागेपछि आफै बन्द हुने भएकाले पानी खेर नजाने दियालो टेक्नोलोजिजका प्रमुख व्यापार अधिकृत रोशन गौतमले जानकारी दिनुभयो । दियालोले खानेपानी क्षेत्रमा भित्राएका नवीन प्रविधिहरु बारे जानकारी गराउँदै प्रमुख व्यापार अधिकृत गौतमले भन्नुभयो ‘स्मार्ट खानेपानी व्यवस्थापन प्रणालीको प्रयोगले पानी उत्पादन, वितरण, चुहावटको मापन तथा विश्लेषण गर्ने, पम्प नियन्त्रण प्रणाली मार्फत चुहावट नियन्त्रण गर्ने, भूमिगत पानीको तह मापन तथा विश्लेषण गरी बोरिङको आयु बढाउँछ।’

ग्राहकले मोबाइल एप मार्फत पानीको गुणस्तर, महसुलको हिसाब, गुनासो, अनलाइन बील भुक्तानी आदि सेवा लिन सक्ने उहाँले बताउनुभयो ।


खानेपानी वितरक संस्थाको लागि दियालोका उपयोगी सफ्टवेयरहरु

⇒ मिटर रिडिङका लागि एन्ड्रोइड मोबाइल एप्लिकेसन -मिटरमार्क

⇒ बिलिङ व्यवस्थापन

⇒ सूचना र सञ्चारको लागि एसएमएस प्रणाली

⇒ अनलाइन प्रणालीबाट खानेपानीको महसुल भुक्तानी

⇒ वित्तिय लेखा

⇒ जिन्सी व्यवस्थापन

⇒ ग्राहक सेवा व्यवस्थापन

⇒ मानव संसाधान व्यवस्थापन (HRMS) – हाजिरी, विदा व्यवस्थापन र तलब व्यवस्थापन

⇒ चिठी दर्ता र कागजात व्यवस्थापन

⇒ खानेपानी सूचना प्रणाली

⇒ ग्राहकका लागि मोबाइल एप्लिकेसन र स्व-मिटर रिडिङ

⇒ पाइपलाइन, घरपरिवार र अन्य पूर्वाधारहरुको भौगोलिक सूचना प्रणालीमा आधारित नक्सा

⇒ स्मार्ट खानेपानी व्यवस्थापन प्रणाली (पम्प -नियन्त्रण, फ्लोमिटर, सतह मापन र गुणस्तर मापन सेन्सर प्रणाली) -NRW,LAB and IOT Monitoring System

⇒ स्मार्ट – मिटरिङ

⇒ गेट भल्भ स्वचालन र दबाव सेन्सर (Pressure Sensor) व्यबस्थापन

सन् २०१२ मा स्थापना भएको दियालो टेक्लोलोजिजका ८ सय भन्दा बढी संस्थागत ग्राहकहरु छन् । १५ लाख घरपरिवार र १ करोड उपभोक्तालाई खानेपानीको प्रविधिहरुद्वारा सेवा प्रदान गरिरहेको दियालोका टिम लिडर (वास र उर्जा) कैलाश शर्माले बताउनुभयो ।


उहाँका अनुसार ४ लाख ५० हजार घरपरिवारले मोबाइलबाट अनलाइन भुक्तानी सेवा प्रयोग गरी मासिक रुपमा पानीको महसुल भुक्तानी गर्दै आएका छन् । भौगोलिक रुपमा नेपालको ७० वटा जिल्ला, २५० वटा भन्दा बढी स्थानीय तहमा दियालोले पहुँच विस्तार गरिसकेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार