सडकमा फोहर फाल्नेलाई पाँच हजार जरिवाना तिराईयो

  वास खबर सम्वाददाता  434 पटक हेरिएको

धनगढी : धनगढी उपमहानगरपालिकाले सकडमा फोहोर फाल्ने व्यवसायीलाई पाँच हजार जरिवाना गरेको छ । उपमहानगरपालिकाको सरसफाइ शाखाले मासु पसलको कुखुराको प्वाँख सडकमा फाल्ने सरमान कुरैसीलाई पाँच हजार जरिवाना तिराईएको हो ।

उपमहानगरपालिकाले पहिलो पटकलाई जरिवाना तिराईएको र दोस्रो पटक पनि फोहोर फालेको भेटिएमा पसल बन्द गराउने चेतावनी दिएको छ ।

धनगढी उप महानगरपालिकाको ६ लेन सडक खण्डमा केही दिन अघि फोहोर संकलनका लागि राखिएका ठूलो आकारको २ वटा डस्टविन तोडफोड गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार