कोहलपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड गठन

  वास खबर सम्वाददाता  761 पटक हेरिएको

बाँके : बाँकेको कोहलपुर नगरपालिकामा खानेपानी व्यवस्थापनका लागि खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड गठन गरिएको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यको संयोजकत्वमा १३ सदस्यीय बोर्ड गठन गरिएको हो ।

बोर्डका सदस्यमा वडाध्यक्षहरु बद्रीप्रसाद जैसी, लालबहादुर राना, आपेन्द्रनाथ योगी, कल्पना शर्मा, वीरेन्द्रकुमार शाह र कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसाल हुनुहुन्छ ।

यस्तै संगीन शर्मा, अनिता बुढाक्षेत्री, नन्दलाल पौडेल, खानेपानी डिभिजन कार्यालय नेपालगन्ज र लुमन्ती आवासका लागि सहयोग समूहलाई पनि बोर्डको सदस्यमा चयन गरिएको छ ।

बोर्डले कोहलपुरमा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्ने बोर्डका सदस्य संगीन शर्माले बताउनुभयो । उहाँले नगरभित्रका सबै जनतालाई खानेपानी सुविधा उपलब्ध गराउन बोर्डले काम गर्ने र निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्न सहजीकरण गर्ने बताउनुभयो ।

कोहलपुर नगरपालिका भित्रका २५ प्रतिशत नागरिकले मात्रै खानेपानी आयोजनाको पानी पिउने गरेको तथ्यांक छ । नवगठित खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका अध्यक्ष एवं कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले नगरका ७५ प्रतिशत जनतासम्म आयोजनाको खानेपानी पुर्‍याउन नसकिएको बताउनुभयो । ती नागरिकले आफै हातेपम्प जडान गरेर वा बोरिङ गरेर खानेपानीको व्यवस्था मिलाएको उहाँको भनाइ छ ।

उहाँले कोहलपुरभित्र सात वटा खानेपानी आयोजना रहेको र ती मध्ये चार वटा खानेपानी आयोजना मात्र सञ्चालनमा रहेको जानकारी दिनुभयो । ३ वटा
खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेको र बोर्डले ती आयोजना निर्माणको काममा समेत सहजीकरण गरी चाँडै सम्पन्न गर्ने वातावरण मिलाउने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार