अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा प्रशिक्षक प्रशिक्षण तालिम

  वास खबर सम्वाददाता  937 पटक हेरिएको

सुर्खेत : छाउपडी वा छाउ भनेर चिनिने महिनावारी व्यवस्थापन सम्बन्धी कुसंस्कारका विभिन्न अभ्यासहरु र त्यसले पारिरहेको असरहरुको नकारात्मक असरहरुको बारेमा छलफल तथा सिकाइ आदान प्रदान गर्नका लागि सुर्खेतको बीरेन्द्रनगरमा प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।

सवैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाले अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा परियोजना संचालित कर्णाली प्रदेशका २१ वटा स्थानिय तहका वास सल्लाहकार, वास संयोजक र वास सहजकर्ताका लागि दुई दिने तालिमको आयोजना गरेको हो ।

तालिम पश्चात महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले व्यवस्थापन गर्नका लागि कर्णालीका ग्रामिण भेगमा तालिमका सहभागीहरुले उल्खेनीय भुमिका खेल्ने जेडसी विज्ञ राजु तिरुवाको दाबी छ । साथै जनचेतनामुलक कार्यक्रम मार्फत समुदायलाइ जागृत गर्ने समेत उहाँले जानकारी गराउनुभयो ।

महिनावारी हुँदा सरसफाइमा ध्यान दिन नसक्दा स्वास्थ्य समस्या हुनुका साथै संक्रमण भई ज्यानै समेत जाने हुनाले महिनावारीमा विशेष ध्यान दिन सुस्वाका सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्द रोकायले जानकारी गराउनुभयो।

‘किशोरीलाई विशेष गरी घरमा आमा, हजुरआमा, दिदी, भाउजुले महिनावारी के हो ? कतिबेला हुन्छ भन्ने बारेमा सहजीकरण गर्नुपछ।’ ‘सरसफाइ तथा स्वच्छता विज्ञ रोकाय भन्नुहुन्छ महिनावारीका बारेमा पाठ्यपुस्तकमा पनि समावेश गरी शिक्षक, शिक्षिकाले सहजीकरण गरी विद्यालय भित्रको शौचालय महिलामैत्री, स्यानिटरी प्याड सुरक्षित तरिकाले फेर्ने र फाल्ने ठाउँको समेत व्यवस्था हुनुपर्छ। यसका साथै शौचालयभित्रै पानीको व्यवस्था समेत हुनु जरुरी छ ।’

तालिममा वास सल्लाहाकार राजु चौधरी र वास संयोजक निमराज केसीले सहभागीहरुलाई घरायसी तहमा पुनः प्रयोग गर्ने प्याड निर्माण गर्ने र बजारिकरण गर्ने तरिकाका बारेमा समेत प्रशिक्षण गराउनु भएको थियो ।

यस वर्ष विश्वभरि ‘बालविवाह र यौनजन्य हिंसाको अन्त्यको लागि मर्यादित महिनावारी’ (Dignified Menstruation is an Internal for Ending Sexual Violence and child marriage) भन्ने मुल नाराका साथ मर्यादित महिनावारी मनाएको छ साथै महिनावारी धेरै सामान्य हो र लाज मान्नु पर्दैन भन्ने सन्देश दिनका लागि आयोजना कार्यान्वयन भैरहेका स्थानीय तहका विभिन्न बस्तीहरुमा समेत विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार