
दैलेख : कुनै समय दैलेखको दुल्लु नगरपालिका ८ बडागाउँमा खानेतेलको भन्दा बढी चिन्ता खानेपानीको हुन्थ्यो । खानेपानी यत्तिसम्म फारो गरिन्थ्यो कि, बर्षातमा संकलन गरेको पानीको घैंटोमा पनि चाबी लगाएर राखिन्थ्यो ।
पानी चोरी हुने सम्भावना र केटाकेटीले धारा खोलेर पानी खेर फाल्ने डरले कुनै पनि घैंटोको धारा खुला हुन्थेन । तर अहिले अवस्था बदलिएको छ ।
छहरेखोला सोलार लिफ्ट खानेपानी तथा सरसफाइ योजनाले वस्ती भन्दा आधा किलोमिटर तलतिरको पानी घर आँगनमै उक्लिएपछि धारामा चाबी लगाउन छाडेका छन् । खानेपानी योजना बनेपछि दैलेखको दुल्लु नगरपालिका ८ बडागाउँका ४६ घर लाभान्वित भएका हुन् ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :


680 पटक हेरिएको 

