सुरक्षित खानेपानीको लागि पानी परिक्षण प्रयोगशालाको भूमिका (भिडियो)

हरेक पालिकामा एउटा पानी परिक्षण मिनी ल्याब स्थापना गरिने

  वास खबर सम्वाददाता  1109 पटक हेरिएको

काठमाडौ : दिगो विकास लक्ष्य ६.१ मा सबैका लागि समतामूलक रूपमा सुरक्षित खानेपानी पु¥याउने उल्लेख छ । तर यो लक्ष्य हासिल गर्ने विधि, तौरतरिका र गरिने क्रियाकलापका बारेमा धेरैजसो बेखबर छन् ।

खानेपानी सुरक्षित बन्नका लागि पानीमा कुनै पनि जैविक, भौतिक र रासायनिक प्रदुषण हुनु हुँदैन। तर तपाई हामीले पिउँदै आएको पानीमा यी प्रदुषणहरु भए नभएको कसरी थाहा पाउने त ? जब सम्म खानेपानी गुणस्तरका बारेमा थाहा पाउँदैनौ, तबसम्म उक्त पानीमा भएको प्रदुषण नियन्त्रण गर्ने उपाय पनि आउँदैन ।

त्यसैले सुरक्षित खानेपानीको सुनिश्चितताका लागि पानी परिक्षण प्रयोगशाला र त्यसको सञ्चालन अनिवार्य छ । ग्रामीण भेगको खानेपानीमा रासायनिक तथा भौतिक प्रदुषणमा खासै समस्या नभए पनि जैविक प्रदुषण (कोलिफर्म, इकोली) हुने गरेको विभिन्न अध्ययनले पुष्टि गरेको छ ।

रासायनिक तथा भौतिक प्रदुषण परिक्षणका लागि पानीको नमुना लिएको समय र प्रयोगशालामा पुग्नुपर्ने समयले खासै फरक नपारे पनि जैविक प्रदुषणको परिक्षण गर्न पानीको नमुना लिएको ६ घण्टा भित्रै प्रयोगशालामा पुर्‍याई सक्नुपर्छ । यसले पानी परिक्षण प्रयोगशाला गाउँघरमै उपलब्ध हुनुपर्ने कुरालाई निर्देश गर्छ ।

यसकारण पानीको गुणस्तर परिक्षण गर्ने काम चुनौतीपूर्ण छ । तर चुनौतीलाई अवसरमा बदल्ने हो भने यस क्षेत्रमा धेरै कार्य गर्न सकिन्छ । जसले गर्दा ग्रामीण भेगमा समेत सुरक्षित पानीको सुनिश्चितता गर्न सकिन्छ ।

यसैका लागि हेल्भेटास एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमले हरेक पालिकामा कम्तीमा एउटा मिनी ल्याब स्थापना गर्ने नीति लिएको छ । हेल्भेटासले स्थानीय साझेदार संस्था र सम्बन्धित पालिकासँग सहकार्य गरी मिनी ल्याब स्थापना गरी सञ्चालन र क्षमता अभिवृद्धिका लागि तालिमहरु समेत प्रदान गर्दै आएको छ ।

हरेक पालिकामा कम्तीमा एउटा मिनी ल्याबको आवश्यकता किन ? सुरक्षित खानेपानीको लागि मिनी ल्याबको महत्व, विद्युत सेवा नपुगेको स्थानमा मिनी ल्याब सञ्चालन र दुर्गम स्थानमा समेत ल्याबको पहुँच पुर्‍याउन के कस्ता विधि अपनाउन सकिन्छ ? यसैका बारेमा हामीले हेल्भेटास एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमका टिम लिडर मदन भट्टासँग भिडियो वार्ता गरेका छौं ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार