खानेपानी उपभोक्ता संस्थाको पदाधिकारी दलिय प्रतिस्पर्धाबाट चयन

  वास खबर सम्वाददाता  484 पटक हेरिएको


बुटवल : रुपन्देहीमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीहरु दलगत प्रतिस्पर्धाबाट चयन गरिएको छ । सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पदाधिकारी दलगत चुनावी प्रतिस्पर्धाबाट चयन गरिएको हो ।

संस्थाको आगामी कार्यकालको लागि अध्यक्ष पदमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एकबहादुर क्षेत्री विजयी भएका छन् । विजयी भएका छन् ।

दुई हजार चार सय मत खसेको चुनावमा उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नारायण पाण्डेले ६४१ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेलाई कांग्रेस(माओवादी(एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा साथ थियो । यस्तै नेकपा एमालेका नारायण थापाले ६२६ र स्वतन्त्र उम्मेदवार रेशम खांडले २८१ मत पाए । रास्वपाबाट उम्मेदवार एकबहादुर क्षेत्रीले ७०५ मत पाएर विजयी भएका हुन् ।

अन्य सबै पदहरुमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । गठबन्धनको पोल्टामा भने शून्य हात लागेको छ।

उपाध्यक्षमा बाबुराम ज्ञवाली, सचिवमा सुशील भण्डारी, कोषाध्यक्षमा केशरमणि भण्डारी, सहसचिवमा सजिना केसी, महिला सदस्यमा उमादेवी भण्डारी, मिना गिरी, कल्पना खनाल, सदस्यहरुमा दुर्गाबहादुर थापामगर, जयलाल विक, समुन्द्र भित्रकोटी निर्वाचित भएका निर्वाचन समिति सदस्य राजबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

यस्तै लेखा समिति संयोजकमा तमबहादुर विक तथा सदस्यहरुमा कोपिला शाही र कलाधर अर्याल निर्वाचित हुनु भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार