सिमावी नेदरल्याण्डका डाइरेक्टर सहितको टोलीद्वारा सर्वोच परियोजनाको अवलोकन

महिलाको नेतृत्वदायी भूमिकाबारे चासो व्यक्त

  वास खबर सम्वाददाता  535 पटक हेरिएको


भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित सर्वोच परियोजना क्षेत्रको अवलोकन गरिएको छ । साझेदार संस्था मध्येको एक सिमावी (SIMAVI) नेदरल्याण्डका डाइरेक्टर डेनिके (Dieneke), नेपालका संयोजक डा. मिङ्मा शेर्पा, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक भावना शर्मा, सिनियर प्रोग्राम म्यानेजर प्रसन्न प्रधान लगायतको टोलीले अवलोकन गरिएको हो ।

नेदरल्याण्डको म्यउउभच को आर्थिक सहयोगमा सुरक्षित पानी र उत्थानशील नगरपालिका -Building a Water Safe Resilient Municipality (SARWACHA) सर्वोच परियोजना २०८० भाद्र २९ गते देखि चाँगुनारायण नगरपालिकामा सञ्चालन भैरहेको छ।


अवलोकन टोलीले चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थी र वास संयोजक सुरेन्द्र लामिछानेसँग नगरपालिकामा भेट गरी परियोजनाद्वारा सञ्चालित गतिविधीहरुको बारेमा जानकारी लिएको थियो ।


भेटको क्रममा नगर क्षेत्र भित्रको घरधुरीहरुमा खानेपानीको पहुँच, उपलब्धता र गुणस्तरको बारेमा छलफल गरिएको नगरपालिकाको वास शाखाका संयोजक सुरेन्द्र लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार नगरपालिका क्षेत्र भित्र रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको व्यवस्थापन र नियमनको सम्बन्धमा समेत छलफल भएको थियो । ‘डेनिकेले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुमा महिला सहभागिता र महिलाहरुको नेतृत्वदायी भूमिकाको बिषयमा चासो देखाउनु भयो’ उहाँले भन्नुभयो।

नगरपालिकामा भएको छलफल पश्चात चाँगुनारायण नगरपालिका वडा नं. ८ मा रहेको परियार टोलको खानेपानी तथा सरसफाइ आयोजनाको अवलोकन समेत गरिएको थियो। आयोजना अवलोकनको क्रममा वडा नं. ८ को वडा अध्यक्ष जनक खत्री लगायत सबै जनप्रतिनिधि तथा वडा सचिब समेतको उपस्थिति रहेको थियो । उक्त समुदायको अवलोकनको क्रममा समुदायबाट बाजा गाजा सहित फूलमालाले भ्रमण टोलीलाई स्वागत गरिएको थियो ।

उक्त टोलको महिला सदस्य अनिता परियारले पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो भने खानेपानी आयोजनाको बारेमा समुदायका अगुवा नवराज परियार र भगवती परियारले समुदाय र खानेपानी आयोजनाको बारेमा जानकारी गराई अवलोकन गराउनु भएको थियो ।


समुदाय समेतको सक्रिय सहभागितामा भएको अवलोकन कार्यक्रममा खानेपानी आयोजनामा विद्यमान समस्याहरुको बारेमा पनि जानकारी गराउनु भएको थियो ।
सिमावी (SIMAVI) र Biruwa Advisor सँगको साझेदारीमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) द्वारा दिगो बिकास लक्ष्य ६.१ अन्र्तगत “सबैका लागि सुरक्षित खानेपानी सुनिश्चित गर्ने” उद्देश्यले सुरक्षित पानी र उत्थानशिल नगरपालिकाBuilding a Water Safe Resilient Municipality (SARWACHA)  सर्वोच परियोजना सञ्चालन गरिएको हो।


यस परियोजनाको मुख्य उद्देश्य नगरपालिकालाई खानेपानीमा समावेशी, सुरक्षित र उत्थानशील तथा दिगो बनाउनु हो । यस लक्ष्य हासिल गर्न परियोजनाले चाँगुनारायण नगरपालिका भित्रका सीमान्तकृत, पहुँचमा कमी र लक्षित समूहहरूमा गुणस्तरीय र सुरक्षित पानीको आवश्यकता बारे सचेतना, सञ्चालन र व्यवस्थापन प्रणालीमा सुधार र दिगो खानेपानी प्रणाली प्राप्त गर्न एकीकृत नवीन वित्तिय तरिकालाई केन्द्रित गर्दै कार्य गर्दछ ।


सुचारु र दिगो खानेपानी योजना विकास गर्नको लागि सरोकारवालाहरुको भूमिकाहरू पहिचान गर्न आवश्यक पर्दछ । विभिन्न सरोकारवालाहरूसँग सीप र आ.आफ्ना जिम्मेवारीहरू छन् र सबैका बीच अन्तर्क्रिया महत्वपूर्ण छन। यस प्रक्रियामा महिलाको आवश्यकतालाई मुख्य प्राथमिकता दिनु आवश्यक छ जुन महिलाहरुको नेतृत्व र अवसरहरूलाई उत्प्रेरित गरेर प्रभावकारी हुन सक्छ ।


परियोजना मार्फत संचालन गरिने गतिविधिहरुमा लक्षित समुदायमा स्वच्छ र सुरक्षित खानेपानी प्रवद्र्धन तथा गुणस्तर निरीक्षण र अनुगमन गर्नका लागि नगरपालिका र सामुदायको क्षमता अभिबृद्धि, खानेपानी योजनाहरू प्रभावकारी र दिगो रूपमा सञ्चालन र व्यवस्थित गर्ने, खानेपानी योजनाको प्रभावकारी सञ्चालन मार्फत नगरपालिकाको जलस्रोतको दिगोपना र सुशासनमा सुधार गर्ने, सार्वजनिक संस्था र समुदायहरूमा खानेपानी आपूर्ति सेवाको सुधार गर्ने, दिगो र सुरक्षित खानेपानी प्रणालीका लागि समुदाय र नगरपालिकासँग मिलेर निजी तथा वित्तीय क्षेत्रहरूबाट सुधारका लागि सहयोग तथा संलग्नता गराउने, सुरक्षित खानेपानी पहुँच र व्यवस्थापन सम्बन्धी निर्णय प्रक्रियामा महिला र सीमान्तकृत समूहहरूको सक्रिय सहभागिता र नेतृत्वको सुनिश्चिित गर्ने, समिक्षा र परिणाम मूल्याङ्कन गरी अन्तिम सर्वेक्षणको रूपमा खानेपानी योजनाहरूको स्थिति पहिचान गर्न पानीको गुणस्तर परीक्षण गर्ने रहेको छ ।


परियोजना सञ्चालनको लागि नगरपालिकाको तर्फबाट खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) शाखाले आवश्यक समन्वय र सहजीकरणको काम गरिरहेको छ ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार