वनगाड कुपिण्डे नगरपालिकामा AWIS सम्बन्धी अभिमुखीकरण गोष्ठि सम्पन्न

  वास खबर सम्वाददाता  591 पटक हेरिएको

सल्यानः सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका पदाधिकारी तथा शाखा प्रमुखहरुका लागि Annotated Water Integrity Scan (AWIS) सम्बन्धी १ दिने अभिमुखीकरण गरिएको छ। नगरपालिका वाश इकाईको आयोजना र सवैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना(सुस्वा) सूर्खेतको सहजीकरणमा अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा सुशासन विज्ञ निराजन श्रेष्ठले Annotated Water Integrity Scan खानेपानी आयोजनाको दिगोपना, सञ्चालन र व्यवस्थापनसँग सम्बन्धित एउटा उपकरण भएको बताउनुभयो ।

विशेष गरी खानेपानी आयोजना सित सम्बन्धित भएता पनि नीति नियम तर्जुमा देखि कार्यान्वयन चरण सम्म बहुसरोकारवालाहरु सित जोडिने विषयको रुपमा यो उपकरण रहेको उहाँले स्पष्ट पार्नुभयो ।

उद्घाटन सत्रमा आफ्नो भनाई राख्दै प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्तीले यस प्रकारका गोष्ठीहरुबाट आ–आफ्नो जिम्मेवारी अनुसार थप उत्तरदायी बन्न सहयोग पुग्ने र सुशासनमा टेवा पुग्ने बताउनुभयो ।

यस्तै नगर उपप्रमुख पुरुषोत्तम आचार्यले यस प्रकारका गोष्ठीहरुले नीति नियम तर्जुमा देखि कार्यान्वयन चरण सम्म पदाधिकारी, कर्मचारी एबं सरोकारवालाहरुलाई सचेत, सजग र जिम्मेवार बनाउने बताउनुभयो।

नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले परियोजनाबारे स्पष्ट पार्दै खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा गर्नुपर्ने कामहरु धेरै नै भएको बताउनुभयो । असल ज्ञान र सिकाईबाट समाज रुपान्तरणमा सहयोग पुग्ने बताउदै उहाँले ज्ञान, सीप र श्रोतको सदुपयोग गर्न सक्नुपर्ने बताउनुभयो । नगर प्रमुख बुढाथोकीले नेपाल श्रोत साधनको दृष्टिकोणले निकै धनी भएता पनि सही सदुपयोग नभैरहेको सन्दर्भमा ज्ञान, सीप र प्रविधिको अझ बढी महत्व रहेको बताउनुभयो ।

कार्यशाला गोष्ठीमा आयोजनाको दिगोपना, सुशासन, सहभागिता, समावेशिता, पारदर्शिता, जवाफदेहिताका साथै आयोजना सञ्चालन, व्यवस्थापन र ऐन कानूनसँग सम्बन्धित विषयहरुमा समेत छलफल भएको छ । गोष्ठीमा साझा प्रयास र अवधारणाबाट मात्रै विकास निर्माण लगायत समग्र क्रियाकलाप अगाडि बढाउन सकिने स्पष्ट पारिएको छ।

पाँच वटा समूह बनाएर गरिएको अभ्यासले वर्तमान कार्यविधि, कार्यशैली, कार्य प्रक्रिया र कार्य प्रगतिको स्कोरिङ गर्न मद्दत गरेको छ । सामुहिक छलफल र स्कोरिङ पश्चात गरिएको प्रस्तुतीकरणले अहिले भए गरेका क्रियाकलापहरुको मुल्यांकन समेत गरिएको छ ।

सही विश्लेषणबाट आगामी कार्यदिशा र कार्ययोजना निर्माणमा सहयोग पुग्ने बताउदै यस प्रकारका गोष्ठीहरु समय समयमा हुनुपर्ने सहभागीहरुको भनाइ थियो । गोष्ठीमा वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतका पदाधिकारीहरु र पालिकाका विभिन्न शाखा प्रमुख एबम् प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालन वास सहजकर्ता निम प्रसाद बुढाले गर्नुभएको थियो।

अभिमुखीकरणको आयोजना सहयोग इकाईका वास सल्लाहकार राजकुमार डि.सी. र सुशासन विज्ञ निराजन श्रेष्ठको गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरुलाई वास संयोजक गोविन्द शर्माले स्वागत गर्नुभएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार