
अछाम : विश्व पानी दिवसको अवसरमा अछाम जिल्लाको तुर्माखाद गाउँपालिका वडा नं. ८ मा रहेको श्री शिद्देश्वरी माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । USAID कर्णाली जल परियोजनाको आर्थिक सहयोग, वडा नं ८ कार्यालयको समन्वय तथा हिमाली ग्रामीण युवा समाज बिकास केन्द्र (हिरिसडेक मुगु) को सहजीकरण र श्री शिद्देश्वरी विद्यालयको आयोजनामा ‘विश्व शान्तिका लागि पानीको समन्यायिक पहुँच’ भन्ने शीर्षकमा खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

विद्यालयका १४ जना छात्र छात्राको सहभागिता रहेको बक्तृत्वकला प्रतियोगितामा कक्षा ७ का छात्र भुपेन्द्र धमला प्रथम, कक्षा ९ की छात्रा पुर्णा धमला द्धितिय र कक्षा ८ का छात्र माधव धमला तृतीय तथा कक्षा ७ का रमेश बिकले सान्त्वना पुरस्कार जित्न सफल भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि एवं वडा न. ८ का वडा अध्यक्ष निरक शाहीले पानीको संरक्षाण, बचत तथा दिगोपना सञ्चालनका लागि सम्पूर्ण जिम्मेवार रहेकाले विद्यार्थी भाइ बहिनी लगायत सम्पूर्ण समुदायलाई पानीको उचित प्रयोग र सरंक्षण गर्न अनुरोध गर्नुभयो ।

त्यसैगरी कार्यक्रमका अतिथि एवं हिरिसडेक मुगुका कार्यक्रम व्यवस्थापक शिब चन्द्र कार्कीले पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथै जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेय जलको अभावमा मानव शरीरमा लाग्ने रोग लगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन कार्यक्रम आयोजना गरिएका जानकारी गराउनुभयो ।
उहाँले चैत्र ८ गते खाडाचक्र नगरापालिकाको वडा नं ५ स्थित श्री चुलि मालिका माध्यमिक विद्यालयमा समेत बक्तृत्वकला कार्यक्रम सञ्चालन भएको जानकारी गराउनुभयो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुल बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भयो।


852 पटक हेरिएको 

