अन्तर्राष्ट्रिय टोलीद्वारा चाँगुनारायणमा सञ्चालित स्वच्छ हावा परियोजनाको अध्ययन अवलोकन

  वास खबर सम्वाददाता  576 पटक हेरिएको


भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित USAID स्वच्छ हावा परियोजनाको अन्तर्राष्ट्रिय टोलीद्वारा अध्ययन अवलोकन भ्रमण गरिएको छ । FHI360 को ग्लोबल प्रमुुुख कार्यकारी अधिकृत Tessie San Martin, बोर्ड सदस्यहरु Debrework Zewdie / Penny Abeywardena र FHI360 को एसिया प्यासिफिक क्षेत्रिय निर्देशक Peter Oyloe लगायतले परियोजना सञ्चालित क्षेत्रको अवलोकन भ्रमण गरिएको नगरपालिकाको वास शाखाका प्रमुख सुरेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

त्यस्तै नेपाली प्रतिनिधि मण्डलमा FHI360 को राष्ट्रिय निर्देशक भगवान श्रेष्ठ, Deputy Chief of Party रेश्मा दिक्षित, प्राविधिक सल्लाहकार बिजया राजबैद्य, एन्फोका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठ, सिनियर प्रोजेक्ट अफिसर सृजना शाक्य, प्रोजेक्ट म्यानेजर जयश्री राजभण्डारी लगायतको सहभागिता थियो ।

USAID स्वच्छ हावा परियोजना अन्तराष्ट्रिय गैर सरकारी संस्था FHI360 सँगको साझेदारी र वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को सहकार्यमा सञ्चालन भैरहेको छ ।

भ्रमण टोली द्वारा नगरपालिका नजिकै रहेको चम्पक ईट्टा उद्योगको अवलोकन भ्रमण गरी वायु गुणस्तर व्यवस्थापनको विषयमा ईट्टा उद्योगहरुले गरिरहेको प्रयासको बारेमा र ईट्टा उद्योगमा विद्यमान समस्या तथा चुनौतीहरुको बारेमा व्यवसायी नारायण प्रसाद कोजुसँग छलफल गरी जानकारी लिईएको थियो ।

त्यस पश्चात ३ जना महिला स्वयं सेविकाहरु सँग पनि छलफल गरी स्वयं सेविकाहरुले वायु गुणस्तर व्यवस्थापनमा खेलेको भूमिकाहरुको बिषयमा छलफल गरिएको थियो । त्यस पश्चात नगरपालिकाको बैठक हलमा परियोजनाका फोकल पर्सन एवं वास शाखा प्रमुख सुरेन्द्र लामिछानेले परियोजना अन्तर्गत सञ्चालित गतिविधिहरुको बारेमा जानकारी सहितको प्रस्तुतीकरण गर्नुभयो ।

उपस्थित सहभागीहरुलाई नगर उप प्रमुख रमेश बुढाथोकीले स्वागत गर्नु भएको थियो । त्यस्तै नगर प्रमुख जीवन खत्रीले सहभागीहरुलाई धन्यबाद दिदै आफू निर्वाचित भएर आएको दिन देखि नै स्वच्छ हावाको बिषयमा केन्द्रित रहेको र यो बिषयलाई काठमाण्डौं उपत्यका मेयर फोरममा समेत एजेण्डा उठाउने गरेको जानकारी गराउनुभयो ।


नगर प्रमुख खत्रीले भन्नुभयो ‘यो USAID को स्वच्छ हावा परियोजना होइन चाँगुनारायणको स्वच्छ हावा परियोजना हो।’ कार्यक्रममा शिक्षा शाखा प्रमुख बिर बहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख सत्य कुमार दुवाल र वास शाखाको सहजकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।

चाँगुनारायण नगरपालिकाले मिति २०७९ आषाढ ३० गते अनुमति प्रदान गरी स्वच्छ हावा कार्यक्रम सञ्चालनमा रहेको छ । काठमाण्डौं उपत्यकामा विद्यमान वायु प्रदुषण सम्बन्धी विविध पक्षमा सुधार गर्ने उद्देश्य लिईएर काठमाण्डौंका विभिन्न नगरपालिकाहरुमा स्वच्छ हावा नामक परियोजना सञ्चालन भई रहेको छ ।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) लगायतका साझेदार संस्थाहरु FHI360, AIT, EPIC-India र One to Watch Pvt. Ltd ले स्थानीय आवश्यकताको आधारमा समाधानहरुका उपाय निकाल्न काम गरिरहेको जुन उपायहरुलाई नेपालमा वायु प्रदुषण रोकथाम तथा न्युनीकरणका नीति, निर्देशिकाहरु तयार गरी कार्यक्रम कार्यान्वयन गरिरहेको छ । कार्यक्रम कार्यान्वयनको लागि चाँगुनारायण नगरपालिकाले वायु गुणस्तर योजना २०८० समेत तयार गरि कार्यान्वयनको चरणमा रहेको छ ।

कार्यक्रमका थप फोटोहरु :

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार