फोहोरमा काम गर्दा लगाउने गम्बुट र पञ्जा पनि फोहोरकै लगाउनुपर्ने बाध्यता

  वास खबर सम्वाददाता  386 पटक हेरिएको

ललितपुर : सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा गम्भीर लापरवाही देखिएको छ। सहरलाई सफा र स्वच्छ राख्न खटिने सरफाइकर्मीकै स्वास्थ्य सुरक्षामा कसैले ध्यान नदिईको पाइएको हो।

फोहोर संकलन गरी छुट्याउने स्थानमा हालै गरिएको अनुगमनको क्रममा सफाइकर्मीले आफ्नो सुरक्षाका लागि लगाईने पञ्जा र बुट समेत फोहोरमै आएको छानेर लगाउनुपर्ने अवस्था पाईएको हो ।

गोदावरी नगरपालिकाको नेतृत्वमा स्वीडेन स्थित भ्याकिन नामक संस्थाका पदाधिकारीहरुले गोदावरी नगरपालिकामा फोहोर संकलन, बर्गीकरण र विसर्जन सम्मको अवलोकन गरेका थिए ।

सो क्रममा विदेशी विज्ञहरुले फोहोर व्यवस्थापन गर्दै आएको कम्पनीका पदाधिकारी र सफाइकर्मीहरुसँग पनि छलफल गरेका थिए । घरायसी फोहोरसँगै कहिलेकाहीं अस्पतालका फोहोर समेत मिसिएर आउने र सिरिञ्जले हात घोच्ने समस्या बारबार भैरहने, सीसाहरुले हात खुट्टा काट्ने जस्ता समस्या आईरहने सफाइकर्मीले बताए।

कार्यस्थलमा नुहाउने र साबुन पानीको समेत व्यवस्था नभएको उनीहरुले बताए।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार