सरसफाइकर्मीहरुले बनाए असार महिनाको कार्ययोजना

  वास खबर सम्बाददाता  291 पटक हेरिएको


हेटौंडा : मकवानपुरको हेटौंडामा कार्यरत सरसफाइकर्मीहरुले असार महिनाभित्र गरिने कामहरुको कार्य योजना बनाएका छन् । सरसफाइकर्मीहरुको कार्यसमिति संयोजक पानस प्रजाको संयोजकत्वमा बसेको बैठकले असार महिनामा तीन वटा टोल विकास संस्था र ३ वटा वडा कार्यालयमा आफ्नो कार्यसमितिका बारेमा जानकारी गराउने, परिचय पत्र र स्वास्थ्य परिक्षणका लागि नगरपालिकामा अनुरोध गर्ने निर्णय गरेको हो ।

यसैगरी पञ्जा र बुटको नियमित उपलब्ध गराउन कम्पनीसँग अनुरोध गर्ने, स्वास्थ्य बीमा सम्बन्धी नगरपालिकाको स्वास्थ्य शाखा सँग छलफल गरी जानकारी लिने र नियमित तवरले महिनाको एक पटक फोहोर वर्गीकरण कार्यस्थल परिसरको सरसफाइ गर्ने निर्णय गरिएको संयोजक प्रजाले जानकारी गराउनुभयो।


हेटौंडामा ग्रीन एण्ड क्लिन सिटी सर्भिसेस प्रा.लि.ले फोहोर व्यवस्थापनको काम गर्दै आएको छ । कम्पनीमा करिब ४० जना सरसफाइकर्मी कार्यरत छन् ।

लुमन्ति, आवासका लागि सहयोग समूहले ‘अधिकारका लागि अघि बढौं’ परियोजना अन्तर्गत सरसफाइकर्मीहरुको पेशागत अधिकार, स्वास्थ्य सुरक्षा र क्षमता अभिवृद्धिका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ । उक्त क्रियाकलापहरुको लुमन्तिका प्रोग्राम म्यानेजर उद्धव भट्टराई र समुदाय क्षमता विकास प्रशिक्षक राम डंगोलले सहजीकरण गर्दै आउनु भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार