आगामी आर्थिक बर्ष सरकारले ३ हजार ४ सय ५४ वटा खानेपानी आयोजना कार्यान्वयन गर्ने (रातो किताब)

  वास खबर सम्वाददाता  602 पटक हेरिएको


काठमाडौ : अबको एक महिना पछि नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन हुनेछ। सरकारले जेठ १५ गते संसदको दुवै सदनमा खानेपानी तथा सरसफाइ क्षेत्रको लागि प्रस्तुत गरेको २६ अर्ब ६३ करोड रुपैयाँ बजेटबाट ३ हजार ४ सय ५४ वटा खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन गर्ने भएको छ ।

सरकारले संघ मार्फत विभिन्न कार्यक्रम तथा आयोजना अन्तर्गत १ हजार ९ सय ७० वटा खानेपानी आयोजनाहरु सञ्चालन गर्ने खानेपानी मन्त्रालयको रातो किताबमा उल्लेख छ ।

यस्तै संघीय सशर्त अनुदान अन्तर्गत सात वटै प्रदेशबाट १ हजार ४ सय ८४ वटा खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुनेछन् ।

कुन कुन आयोजना अन्तर्गत कति खानेपानी आयोजना ?

√ ढल निर्माण तथा प्रशोधन कार्यक्रम १११ वटा

√  खानेपानी तथा गुणस्तर सुधार कार्यक्रम १४३ वटा

√  जलवायु अनुकुलित वृहत खानेपानी आयोजना २८७ वटा

√  खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम १०० वटा

√  केन्द्रीय खानेपानी आयोजना ३१५ वटा

√  शहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना २१ वटा

√  खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रम ९७६ वटा

√  खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना १७ वटा

संघीय सशर्त अन्तर्गत प्रदेशबाट सञ्चालन हुने आयोजनाहरु

√ कोशी प्रदेश २०४ वटा

√ मधेश प्रदेश ३१४ वटा

√ वागमती प्रदेश २६१

√ गण्डकी प्रदेश १८६ वटा

√ लुम्बिनी प्रदेश ३१४ वटा

√ कर्णाली प्रदेश ९ वटा

√ सुदुरपश्चिम प्रदेश १०७ वटा

विस्तृतमा हेर्नुहोस् रातो किताब :

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार