हेटौंडा : वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा ‘एक घर, एक धारा, पूर्ण सरसफाइ हाम्रो अभिभारा’ भन्ने नाराका लागि निर्माणाधीन साना, मझौला तथा ठूला खानेपानी आयोजनाहरुको कार्यान्वयन गर्ने भएको छ ।
वाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको बजेटमा खानेपानी तथा पानीका मुहान, ऐतिहासिक ढुङ्गेधारा, परम्परागत राजकुलो, इनार, ताल तलैया र पोखरी संरक्षण तथा पुनर्स्थापना लगायत भूमिगत जल व्यवस्थापन र पुनर्भरण कार्यक्रम सञ्चालन गर्ने समेत उल्लेख छ।
वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा खानेपानी, सिँचाई र उर्जा क्षेत्रको लागि ६ अर्ब ९३ करोड बजेट विनियोजन गरेको उल्लेख छ ।
विस्तृतमा हेर्नुहोस् बजेटको पूर्ण अंश :