गण्डकी प्रदेशको बजेट : नयाँ खानेपानी थप्ने भन्दा पुरानोलाई सम्पन्न गर्ने

  वास खबर सम्वाददाता  466 पटक हेरिएको

पोखरा : गण्डकी प्रदेश सरकारले नयाँ खानेपानी योजना थप्ने भन्दा पुरानोलाई सम्पन्न गर्ने गरी बजेट ल्याएको छ। गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री टकराज गुरूङले शनिबार आर्थिक बर्ष २०८१/०८२ को बजेट बजेट सार्वजनिक गर्दै खानेपानी तर्फ घर एक धारा कार्यक्रम मार्फत प्रदेशका सबै घरधुरीमा निजी धारा जडा गर्ने कार्यका लागि अति आवश्यक स्थानमा मात्र नयाँ योजना समावेश गर्ने बाहेक पुराना खानेपानी योजनालाई सम्पन्न गर्ने गरी बजेट विनियोजनलाई विशेष प्राथमिकता दिएको बताउनुभयो।

सञ्चालित खानेपानी आयोजनाहरुको निरन्तरता र नयाँ आयोजनाको निर्माणबाट सत्तरी प्रतिशत घरधुरीमा निजी धारा पुग्ने गण्डकी सरकारको विश्वास छ ।

गण्डकी प्रदेशले आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याउँदा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका कार्यक्रमहरुका लागि ४ अर्ब २ करोड ५३ लाख ८९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

विस्तृतमा हेर्नुहोस् बजेटको पूर्ण अंश :

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार