तनहुँ समाज हङकङद्वारा ८ विद्यालयलाई सरसफाइ सामग्री सहयोग

  वास खबर सम्वाददाता  339 पटक हेरिएको

तनहुँ : बालबालिकालाई झाडापखाला लगायतका महामारीबाट जोगाउन तनहुँँका आठ विद्यालयमा सरसफाइ सामग्री सहयोग गरिएको छ । तनहुँको सामाजिक सेवामा सक्रिय तनहुँ समाज हङकङले बालबालिकाका लागि सरसफाइ सामग्री सहयोग गरेको हो ।

बहुअपाङ्गता भएका बालबालिकालाई सन् २०१५ बाट निरन्तर सहयोग गर्दै आएको समाजले त्यस्तो समस्या भएका बालबालिका अध्ययन गर्ने सात वटा र अभिभावकविहीन बालबालिका अध्ययन गर्ने एक गरी आठ विद्यालयलाई सहयोग गरेको छ । व्यास नगरपालिका–१ स्थित वृद्ध दाहाल बहिरा आवासीय विद्यालय, व्यास–२ स्थित जनसेवा प्राथमिक विद्यालय, व्यास–५ स्थित सिन्धु आधारभूत विद्यालय, व्यास– १३ स्थित सिद्धवेनी आधारभूत विद्यालय, व्यास–१० स्थित चण्डीदेवी माध्यमिक विद्यालय, व्यास–६ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालय र व्यास–७ स्थित व्यासनगर समता आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

साथै शुक्लागण्डकी–७ स्थित शुक्ला आधारभूत विद्यालयका बहुअपाङ्गता भएका बालबालिकालाई पनि सहयोग सामग्री हस्तान्तरण गरिएको छ । तनहुँ समाज हङकङका पूर्वअध्यक्ष भीमराज गुरुङ र कार्यक्रम संयोजक पत्रकार प्रदीप काफ्लेले विद्यालयमै पुगेर सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो । विगतमा जस्तै यस वर्ष पनि विद्यालयले मागेबमोजिम सरसफाइ सामग्री सहयोग गरिएको समाजका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार नुहाउने तथा कपडा धुने साबुन, फिनेल, हार्पिक, डस्टबिन लगायत सफाइ सामग्री सहयोग गरिएको हो ।

समाजले बालबालिकाको पठनपाठनमा सहयोग गर्न दमौलीस् िथत नेपाल इनभेस्टमेन्ट मेघा बैङ्कमा १५ लाखको अक्षयकोष स्थापना गरेको छ । उक्त कोषको ब्याजबाट प्रत्येक वर्ष बालबालिकालाई सहयोग गर्दै आएको गुरुङले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार