
काठमाडौ : वातावरण र जनस्वास्थ्यको क्षेत्रमा विगत तीन दशकभन्दा लामो समयदेखि कार्यरत वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)को ३३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। एन्फोका कोषाध्यक्ष प्रताप कुमार आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, एन्फोका कार्यकारी निर्देशक भावना शर्माले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र अन्य विभिन्न प्रतिवेदन पारित गर्दै ३३औं साधारण सभा सम्पन्न गरेको हो।

साधारण सभाको उदघाटन सत्रमा कार्यकारी निर्देशक शर्माले विभिन्न साझेदार संस्थाहरुसँगको साझेदारीमा एन्फोले १३ वटा परियोजनाहरु सञ्चालन गरिरहेको जानकारी गराउनु भयो । उहाँले ती मध्ये ४ वटा परियोजनाहरु हालै सम्पन्न भएको र ती हरेक परियोजनाको प्रभाव र लाभान्वित समुदायको बारेमा संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
एन्फोद्वारा सञ्चालित परियोजनाहरु :
√ USAID Clear Air Activity
√ Municipalities Network Advocacy on Sanitation in South Asia phase II (MUNASS II)
√ Business and Community Resilience Project
√ Citywide Inclusive Sanitation Scaling and Sanitation Innovation
√ Enhancing Cholera Control in Nepal (ECHO-N) Project
√ Building a WASH and Resilient Municipality (SARWACHA)
√ Pilot Implementation of FSM Standard in Nepal
√ WASH SDG Progamme
√ Rising for Rights
√ Integrated Water Management in Urban Areas
√ Integrated Water Management in urban Areas
√ Network to strengthening and transforming humanitarian WAS
√ Optimizing the Use of Capacity Building Materials
एन्फोको आम्दानी ७ प्रतिशतले बृद्धि
साधारण सभाको उदघाटन सत्रमा एन्फोका कोषाध्यक्ष प्रताप कुमार आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा एन्फोको आम्दानी ७ प्रतिशत बृद्धि भएको छ । आर्थिक बर्ष २०८०/०८१ को वास्तविक आय व्यय प्रस्तुत गर्दै कोषाध्यक्ष आचार्यले गत आर्थिक बर्षको खुद आम्दानी १६ करोड २४ लाख १५ हजार १४१ रुपैयाँ रहेको जानकारी गराउनुभयो।

ती मध्ये सबैभन्दा बढी अर्थात २६ प्रतिशत हिस्सा FHI360 बाट प्राप्त भएको उहाँले जानकारी गराउनुभयो। USAID/FHI360 को आर्थिक साझेदारीमा एन्फोले काठमाडौं उपत्यकाका १३ वटा नगरपालिकाहरुमा ‘स्वच्छ हावा’ परियोजना सञ्चालन गरिरहेको छ । यो परियोजना २०२६ नोभेम्बर सम्म सञ्चालन हुनेछ।
गत आर्थिक बर्ष एन्फोले १६ करोड १९ लाख ५९ हजार ४५२ रुपैयाँ खर्च गरेको छ ।
एन्फोले आर्थिक बर्ष २०८१/०८२ मा अनुमानित २० करोड ५० लाख ६० हजार रुपैयाँ आय व्यय हुने जनाएको छ।
वातावरण संरक्षणमा ठूलो योगदान : अध्यक्ष अधिकारी

साधारण सभाको उदघाटन सत्रका प्रमुख अतिथि समेत रहेका सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल (सोफेन) का अध्यक्ष सरद अधिकारीले एन्फोले वातावरण संरक्षणको क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रसंशा गर्नुभयो । उहाँले वातावरण प्रदुषणकै कारण नसर्ने रोगहरुको जोखिम बढिरहेको सन्दर्भमा वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील संघसंस्था र सरकारको भूमिका अझ थपिदै गएको बताउनुभयो।
‘विश्वमा एक चौथाई रोगहरु प्रदुषित वातावरणकै कारण हुने गरेका छन्। यो १०/१५ बर्षको बीचमा क्यान्सर, श्वासप्रस्वासका रोगी, मधुमेह, मुटु सम्बन्धी रोगहरु उल्लेख्य रुपमा बढेका छन्, यो वातावरणमा परेको नकारात्मक प्रभावकै कारण हो’ अध्यक्ष अधिकारीले भन्नुभयो। उहाँले वातावरण संरक्षणमा सबैको दायित्व हुने भएकाले वातावरणमैत्री आनीबानी अपनाउन आग्रह गर्नुभयो।
कार्यक्रमका विशेष अतिथि एवं समाज कल्याण परिषदका सहायक निर्देशक राजेन्द्र उप्रेतीले एन्फोले मानव विकास सूचकांकमा पछाडि परेका जिल्लाहरुलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव व्यक्त गर्नुभयो ।

उहाँले १६ औं आवधिक योजना, दिगो विकास लक्ष्य र सरकारले लिएका अन्य लक्ष्यहरु परिपूर्तिका लागि एन्फोका परियोजनाहरु केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । ‘वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले वातावरण र जनस्वास्थ्य सुरक्षाको सवालमा धेरै नवीनतम कामहरु गर्दै आएको बुझेको छु, यसको निरन्तरता रहोस् मेरो शुभेच्छा छ’ उहाँले भन्नुभयो।
उदघाटन सत्रको समापन गर्दै एन्फोका अध्यक्ष राजीव जोशीले दिगो विकास लक्ष्य ६ र सरकारले खानेपानी र सरसफाइमा राखेका लक्ष्यहरु हासिल गर्न एन्फोले विभिन्न तवरले मद्दत पुर्याईरहेको बताउनुभयो । उहाँले एन्फोका आगामी कार्यक्रमहरु समेत सरकारको १६ औं आवधिक योजनाले राखेको लक्ष्य र दिगो विकास लक्ष्य ६ हासिल गर्न परिलक्षित हुने बताउनुभयो।

एन्फोको साधारण सभामा बर्षेनी प्रदान गर्दै आएको भैरव रिसाल मिडिया फेलोसिप – २०८१, राजु मेमोरियल युथ अवार्ड, विज्ञान मेमोरियल रिसर्च अवार्ड र हुताराम इन्भारोमेन्ट अवार्ड २०२४ समेत प्रदान गरिएको छ । ती पुरस्कारहरु क्रमशः पत्रकार सीमा तामाङ, सफा टेम्पो चालक संगीता कुमाल, रिसर्चर सागर गोसाई र वातावरण संरक्षणकर्मी लक्ष्मी डंगोललाई प्रदान गरिएको छ।

यस्तै वातावरण र जनस्वास्थ्य संस्था ९एन्फो० का वित्त अधिकृत (फाइनान्स अफिसर) राजेन्द्र महर्जनले यसबर्षको ‘एन्फो तारा’ को उपाधि पाउनु भएको छ। एन्फोले सन् २००५ देखि एन्फोमा कार्यरत कर्मचारीहरु मध्ये बर्षभरिमा उत्कृष्ट काम गर्ने कर्मचारी चयन गरी बार्षिक साधारण सभाको अवसरमा ‘एन्फो तारा’ उपाधिबाट सम्मान गर्दै आएको छ ।



660 पटक हेरिएको 

