वडा कार्यालयद्वारा सरसफाइ सामग्री वितरण

  वास खबर सम्वाददाता  211 पटक हेरिएको


भक्तपुर : चाँगुनारायण नगरपालिकाको ४ नम्बर वडा कार्यालयले सरसफाइ सामग्रीहरु वितरण गरेको छ । वडामा रहेका विभिन्न टोल स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरु, विद्यालय तथा युवा क्लवहरुका लागि डष्टबिन, झाडु डष्टप्यान, थुन्चे लगायत सरसफाइ सामग्री वितरण गरिएको नगरपालिकाको ४ नं. वडाका वास सहजकर्ता सुशीला घिमिरेले जानकारी दिनुभयो।

टोल स्तरीय विभिन्न संस्थाहरुलाई स्वच्छ र सफा राख्न सघाउ पुगोस् भन्ने हेतुले वडाध्यक्ष रोज बहादुर तामाङले सरसफाइ सामग्रीहरु वितरण गरिएको उहाँले जानकारी दिनुभयो । ‘सरसफाइ सामग्री वितरण कार्यक्रममा वडाका सदस्यहरु, टोल वास सीसीका पदाधिकारीहरु, विद्यालयका शिक्षक, विभिन्न क्लवका पदाधिकारीहरु र समुदायका विभिन्न व्यक्तिहरु उपस्थित हुनुहुन्थ्यो’ उहाँले भन्नुभयो।


सरसफाइ सामग्री वितरण कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका वडाध्यक्ष रोज बहादुर तामाङले सरसफाइ सामग्रीले आफ्नो संस्था र वरपरको वातावरण सफा र स्वच्छ राख्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै सरसफाइ सामग्रीको समुचित तरिकाले प्रयोग गर्न आग्रह गर्दै वडामा सञ्चालन हुने सरसफाइ सम्बन्धी कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो ।

‘वडा भित्र रहेका विद्यालय, संघसंस्था, समुदाय सफा र स्वच्छ भएमा मात्र वडा स्वच्छ र सफा रहन्छ’ उहाँले भन्नुभयो ‘यस कार्यमा वडाले गर्ने सम्पूर्ण क्रियाकलापहरुमा टोल वास सीसी, विद्यालय, युवा क्लवको पनि उत्तिकै योगदानको आवश्यकता छ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार