मधेस प्रदेशका २५ वटा पालिकाले आगामी फागुन भित्र वास प्लान निर्माण गर्ने

  वास खबर सम्वाददाता  373 पटक हेरिएको

बर्दिबास : मधेश प्रदेशका २५ वटा स्थानीय तहले आगामी फागुन महिना भित्र खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) निर्माण गर्ने भएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी दिगो विकास लक्ष्य प्राप्तिका लागि खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी योजना निर्माण गोष्ठीका सहभागी स्थानीय सरकारहरुले २०८१ साल फागुन मसान्तभित्र वास प्लान निर्माण गरिसक्ने गरी कार्ययोजना तयार गरेका हुन् ।

वास प्लान निर्माणका लागि ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालय, जनकपुरधाम, खानेपानी तथा ढल व्यवस्थापन विभाग, काठमाडौं एवं विकास साझेदार संस्थाहरुले आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरी कार्ययोजना तयार पारेका हुन्।

मधेस प्रदेशको ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयका मन्त्री शेष नारायण यादवको प्रमुख आतिथ्य र सोही मन्त्रालयका प्रदेश सचिव जक्की अहमद अन्सारीको अध्यक्षतामा भएको खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी योजना निर्माण (WASH Plan Development) कार्यशाला गोष्ठीमा मधेश प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्थाबारे जानकारी, एनवासको महत्व, प्रकृया तथा विकासका चरण, साथै मधेश प्रदेशमा रहेका विद्यालयहरुमा खानेपानी, सरसफाइ तथा स्वच्छता अवस्थाको बारेमा प्रस्तुतीकरण गरिएको थियो।

युनिसेफ नेपाल र एस.एन.भी नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालय, जनकपुरधामको आयोजनामा भएको गोष्ठीमा स्थानीय सरकारका प्रतिनिधिहरुले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) निर्माणका लागि लाग्ने बजेट र समयको बारेमा समत छलफल गरेका थिए ।

वास प्लान बनाउन प्रतिबद्ध स्थानीय तहहरु : 

1 Surunga Municipality Saptari
2 Shambhunath Municipality Saptari
3 Aurahi Rural Municipality Siraha
4 Bideha Municipality Dhanusha
5 Shahidnagar Municipality Dhanusha
6 Sabaila Municipality Dhanusha
7 Mithila Bihari Municipality Dhanusha
8 Laxminiya Rural Municipality Dhanusha
9 Balawa Municipality Mahottari
10 Pipara Rural Municipality Mahottari
11 Brindaban Municipality Sarlahi
12 Kaudena Rural Municipality Sarlahi
13 Godaita Municipality Sarlahi
14 Basbariya Rural Municipality Sarlahi
15 Kabilashi Municipality Sarlahi
16 Chandranagar Rural Municipality Sarlahi
17 Brahmapuri Rural Municipality Sarlahi
18 Barahathawa Municipality Sarlahi
19 Boudhimai Municipality Rautahat
20 Madhav Narayan Municipality Rautahat
21 Gadhimai Municipality Rautahat
22 Gujara Municipality Rautahat
23 Chhipaharmai Rural Municipality Parsa
24 Bahudarmai Municipality Parsa
25 Paterwa Sugauli Rural Municipality


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार