महिला, बालबालिका मन्त्रीद्वारा बिद्यालय खानेपानी तथा सरसफाइ संरचनाको अनुगमन तथा उदघाटन

  वास खबर सम्वाददाता  310 पटक हेरिएको

फत्तेपुर : मधेस प्रदेश सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साहले बिद्यालय खानेपानी तथा सरसफाइ निर्माण आयोजनाको अनुगमन तथा उदघाटन गर्नुभएको छ। मंगलबार सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका वडा नम्बर ४ स्थित श्री राष्ट्रिय विश्वेस्वर बैरागी आधारभूत विद्यालय, बलारदहमा WHH को सहयोगमा महुली सामुदायिक विकास केन्द्र (MCDC) र सप्तकोसी नगरपालिकाको सहकार्यमा निर्मित बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता सुविधा आयोजनाको उदघाटन गर्नुभएको हो।

सप्तकोसी नगरपालिकाको वाश प्लानको प्राथमिकतामा रहेको उक्त बिद्यालयमा BMZ/VCZ/WHH को आर्थिक सहयोग तथा महुली सामुदायिक विकास केन्द्र (MCDC) र सप्तकोसी नगरपालिकाको सहकार्यमा करिब १४ लाख ५ हजार ९१६ रुपैयाँको लागतमा नेपाल सरकारको बिद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ ले तोकेको मापदण्ड अनुसार तीन ताराका सुचकहरु पुरा गर्न आवश्यक खानेपानी सरसफाइ तथा स्वच्छता सुबिधायुक्त निर्माण तथा मर्मत सम्भार गरिएको छ ।


यस्तै बिद्यालय परिसर भित्र सुरक्षित खानेपानीको लागि बायो स्यान्ड फिल्टर सहित प्रयोगकर्तामैत्री सामुहिक खानेपानीको धाराहरु, सामुहिक हात धुने स्टेशनहरु, छात्र तथा छात्राको शौचालय मर्मत तथा पुनः निर्माण, महिनावारी स्वच्छता व्यवस्थापनका लागि ष्लअष्लभचबतयच लगायत खानेपानी तथा सरसफाइ सम्बन्धी अन्य कार्यहरु सम्पन्न भएका छन् ।

अनुगमन पश्चात सप्तकोसी नगरपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले बिद्यालय लगायत नगरको विकास निर्माणले तीब्रता पाएकोले त्यसमा आफ्नो सदैव सहकार्य हुने बताउनुभयो। उहाँले विकास निर्माणमा कहीं कतै बजेटको अभाव हुन नदिन आफू तल्लीन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै साझेदारी संस्था महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले विभिन्न दातृ निकायको सहयोग र यस नगरको सहकार्यमा खानेपानी तथा सरसफाइ तथा स्वच्छता सम्वन्धी कामलाई निरन्तरता दिने बताउनुभयो।


कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकाल, नगर उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत उपसचिव रामदेव चौधरी, वडा अध्यक्षहरु रोहिणी प्रसाद पोखरेल, जाहिर हुसेन, देवकान्त गोजेवार, जयराम खंग, नन्दीलाल चौधरी, गोसाई चौधरी, केदार साह, डोलेश्वर खड्ग लगायत महुली सामुदायिक विकास केन्द्रका अध्यक्ष श्याम कान्त चौधरी र विभिन्न दातृ निकायका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार