किशोर-किशोरी यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

  वास खबर सम्वाददाता  363 पटक हेरिएको

राजविराज : किशोर-किशोरी यौन तथा प्रजनन स्वास्थ्य, महिनावारीका स्वच्छता व्यवस्थापन सम्बन्धी १ दिने तालिम राजविराजमा सम्पन्न भएको छ । सप्तरी जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका, विष्णुपुर गाउँपालिका, राजगढ गाउँपालिका तथा डाक्नेश्वरी नगरपालिकाका २७ जना महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल “किशोरी शक्ति समूह, सप्तरी नेपाल” समूहको अगुवा किशोरीहरुलाई तालिम दिईएको हो।


नेपालमा १० देखि १९ वर्षसम्मको उमेरलाई किशोरावस्था मानिन्छ । किशोरावस्था शारीरिक, मानसिक, भावनात्मक सामाजिक तथा यौनिक परिवर्तन तथा विकास हुन्छ । यस्तो उमेरमा मन चञ्चल हुन्छ, कुनैपनि कुराको तुरुन्तै निर्णय गर्ने बानी हुन्छ यसरी लिने निर्णय एवं व्यवहारहरूले उनीहरूको भविष्यमा गहन असर पार्ने जोखिम धेरै हुन्छ । किशोर-किशोरीहरुले दैनिक जीवनमा सामना गर्नुपर्ने चुनौतीहरू धेरै हुन्छन् ।

उनीहरुका आवश्यकतालाई प्रभावकारी र सकारात्मक रूपमा समाधान गर्न सक्ने सीप र व्यवहारबारे जानकारी दिने उद्देश्यले परियोजना संचालित पालिकाहरुको महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल समूहको किशोरीहरुलाई तालिम दिइएको पालिका संयोजक प्रमिला चौधरीले जानकारी दिनुभयो।

BMZ/VCZ/WHH को आर्थिक सहयोगमा महुली सामुदायिक विकास केन्द्र (MCDC) द्वारा Up-scaling WASH Systems Strengthening Approach in the Terai Region of Nepal परियोजना संचालन भैरहेको छ।


तालिमका सहभागीहरुलाई किशोरावस्थामा हुने परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य, महिनावारीका बेलाको स्वच्छता व्यवस्थापन, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा बारेमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराएका थिए।

तालिम पश्चात अगुवा किशोरीहरुले आगामी तीन महिना मा आ-आफनो पालिका अन्तर्गतको विधयालय तथा समुदाय स्तरमा यौन तथा प्रजनन स्वास्थ्य र महिनावारी स्वच्छता व्यवस्थापन सम्वन्धी गर्न सक्ने क्रियाकलापहरुको कार्ययोजना समेत बनाएका छन।

किशोरी शक्ति समूह, सप्तरी नेपालको अगुवा किशोरीहरुलाई जिल्ला स्तरमा महिनावारी स्वच्छता व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्य, बालविवाह जस्ता विषयहरुमा तालिम, अभिमुखीकरणको माध्यमबाट क्षमता अभिवृद्धिको लागि परियोजनाले सहयोग गरिरहेको छ भने तालिम प्राप्त किशोरीहरुले आ आफ्नो स्थानबाट एकल रुपमा, साथी शिक्षकका रुपमा वा समूहमा मर्यादित महिनावारीको अधिकार प्राप्तिका लागि निरन्तर वहस तथा वकालत गर्दै आइरहेका छन ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार