विपद पछिको प्रतिकार्यमा उत्रन संघीय खानेपानी आयोजनाहरुलाई खानेपानी विभागको परिपत्र

  वास खबर सम्वाददाता  478 पटक हेरिएको


काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपबाट खानेपानी तथा सरसफाइ सम्बन्धी आयोजनाहरुमा पुगेको क्षतिको मर्मत सम्भारका लागि तत्काल प्रतिकार्यमा उत्रन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरुलाई परिपत्र गरेको छ ।

बाढी र पहिरोले क्षति पुगेको खानेपानी तथा सरसफाइ आयोजनाबाट खानेपानीको सेवा सञ्चालन गर्न नसकी बाधा उत्पन्न भएको र जनजीवन प्रभावित भएकोले अविलम्ब सुचारु गर्न पहल गर्न विभागले परिपत्र गरेको हो ।

विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले पानी परिक्षण ल्याब तथा मोबाइल भ्यान भएका आयोजना कार्यालयहरु पानी परिक्षणका लागि आवश्यक प्रबन्ध मिलाई पानी परिक्षण गर्ने र सो को रिपोर्ट विभागमा जानकारी गराउन पनि आग्रह गर्नुभएको छ ।

‘सम्बन्धित सेवा प्रदायकहरुलाई नियमित पानी परिक्षण गर्ने व्यवस्था समेत मिलाउनु होला’ महानिर्देशक श्रेष्ठले गर्नुभएको परिपत्रमा भनिएको यस्तै सञ्चालनमा रहेका खानेपानी तथा सरसफाई आयोजनाहरुको गुणस्तर सुनिश्चितताका लागि पियुस, बाटर गाई, ब्लिचिङ पाउडर जस्ता पानी सुद्धिकरण गर्ने रसायहरु जोखिमयुक्त खानेपानी उपभोक्ताहरुलाई वितरण गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ ।

यस्तै बर्षातका कारण खानेपानी प्रदुषण हुन गई स्वास्थ्यका प्रतिकुल असर पर्ने गरी विभिन्न महामारी फैलिन सक्ने भएको हुँदा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न पनि अनुरोध गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार