दशैंको टीकामा पनि रोकिएन वाग्मती सफाइ महाअभियान

  वास खबर सम्वाददाता  243 पटक हेरिएको

काठमाडौं : बडादसैँको टीकाको दिन पनि वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । २०७० साल जेठ ५ गतेदेखि सुरु गरिएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर रूपमा हुँदै आएको छ ।

वाग्मती सफाइ महाअभियानको ५९६औँ हप्तामा आज तिलगंगास्थित वाग्मती किनारमा सफाइ गरिएको अभियानकर्मी डा. माला खरेलले जानकारी दिनुभयो। बिहान ७ देखि ९ बजेसम्म १० सफाइ अभियानकर्मीले १० बोरा फोहर व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो।

अभियानकर्मीले उठाएको फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ । वाग्मती सफाइ महाअभियानले नागरिकमा सफाइ जागरण फैलाउन सहयोग गरेको छ । स्थानीय सरकारको असहयोगले सफाइमा आशातीत सफलता भने हासिल हुन नसकेको अभियानकर्मीको भनाइ छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार