कास्की : पोखरा महानगरपालिका ३२ को दुर्गा आमा समूहले मापदण्ड अनुसारको सेप्टिक ट्याङ्क बनाउने भएको छ। खुदीखोला बस्तीका सबैजसो शौचालयको सेप्टिक ट्याङ्क मापदण्ड अनुसारको नभएको थाहा पाएपछि आमा समूहले सेप्टिक ट्याङ्क सुधार गर्न अग्रसरता लिएको हो।
यस अघि आमा समूहले खुदीखोलाको आराधना टोलबाट माथिल्लो बस्तीमा जाने बाटो निर्माण गर्न नेतृत्व लिएको थियो । बाटो निर्माणमा सफलता पाएपछि सेप्टिक ट्याङ्क सुधार गर्न सकिने आँट आएको दुर्गा महिला समूहका अध्यक्ष लक्ष्मी तामाङ्ले बताउनुभयो । सेप्टिक ट्याङ्कको सुधार गर्न उनीहरुले सेफ्टिक ट्याङ्कको मापदण्ड सम्बन्धी तालिम समेत लिईसकेका छन् ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :


402 पटक हेरिएको 

