मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिकाले प्यान सहितको शौचालय भएको घरधुरीलाई शौंचालय कार्ड बितरण अभियान थालनी गरेको छ। एक घर एक शौचालय निर्माणको अवस्था अनिवार्य गरी पालिकालाइ पूर्ण सरसफाइ अभियानमा लैजाने नीति तथा कार्यक्रम अन्तर्गत वडा वडा र टोलटोलमा घरधुरी अनुगमन गरी प्यान सहितको शौचालय भएको घरधुरीलाई शौंचालय कार्ड बितरण गर्न थालेको हो।
कैलाश गाउँपालिका सँगको समन्वयमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN), Welthungerhilfe (WHH) र स्थानीय समुदायको अगुवाईमा सञ्चालन भएको सरसफाइ अभियानले समुदायमा चर्पीको महत्व बारेमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
आधारभूत सरसफाइको सुविधा भन्नाले शौचालयमा सबै घरधुरीको पहुँच पुग्नु, खुल्ला स्थानमा दिसा नगर्नु र जोखिमपूर्ण अवस्थामा साबुन पानीले मिचिमिची हात हुनु हो ।
खानेपानी सरसफाइ तथा स्वच्छताको क्षेत्रमा पालिकाले लिइएको “स्वच्छ र सुलभ खानेपानीको उपलब्धता, आजको आवश्यकता” भन्ने नारा कार्यान्वयन गर्दै पालिकालाई पूर्ण सरसफाइ उन्मुख पालिका बनाउने अभियानमा कार्यरत रहेको छ ।
नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN) र Welthungerhilfe (WHH),को सहयोगमा मकवानपुरको कैलाश र राक्सिराङ्ग गाउँपालिकामा सञ्चालन गरेको “खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सबलीकरण तथा व्यवहार परिवर्तन” परियोजना अन्तर्गत कैलाश गाउँपालिकाको वास प्लान तयार गरी कार्यान्वयन चरणमा रहेको छ । कुनै पनि पालिकाको वास प्लान नै पूर्ण सरसफाइको जग वा आधार हो ।
शौंचालय कार्डको नमुना :