हातको स्वच्छता सम्बन्धी विद्यार्थीहरुलाई अभिमुखीकरण

  वास खबर सम्वाददाता  89 पटक हेरिएको


दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ९ मा रहेको जनता माध्यमिक विद्यालय लैनचौरका विद्यार्थीहरुलाई साबुन पानीले हात धुने तरिका सिकाईएको छ। हेल्भेटास नेपालको सहयोगमा सोसेक नेपालद्वारा सञ्चालित एकीकृत जलस्रोत ब्यबस्थापन कार्यक्रम अन्तर्गत अभिभावकको समेत उपस्थितिमा विद्यार्थीहरुलाई साबुन पानीले हात धुने तरिका सिकाईएको हो ।

बालबालिकाहरुलाई साबुन पानीले हात धुनुपर्ने अवस्थाहरुबारे जानकारी गराउने, साबुन पानीले हात धुनुको महत्वबारे बुझाउने र हात धुने तरिका सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सोसेक नेपालका समुदाय परिचालक निर्मला नेपालीले जानकारी दिनुभयो। बालबालिकाहरुले जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुनैपर्ने अवस्थाका बिषयमा जानकारी हासिल गरेको उहाँले बताउनुभयो।

विद्यार्थी र अभिभावकलाई सँगै राखेर हात धुने तरिकाबारे सिकाउँदा समुदायसम्म सजिलै प्रसार हुने भएकाले अभिभावक र विद्यार्थीलाई सँगै राखेर अभिमुखीकरण गरिएको समुदाय सहजकर्ता नेपालीले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार