काठमाडौंमा प्लाष्टिकका फूल बेच्न रोक, स्वदेशी फूल किन्न ४६ स्थान तोकियो

  वास खबर सम्बाददाता  144 पटक हेरिएको

काठमाडौं : काठमाडौँ महानगरपालिकाले प्लास्टिकका फूल बेच्न प्रतिबन्ध लगाएको छ । स्वदेशी फूल उत्पादन प्रोत्साहन गर्न प्लास्टिकका फूल बेच्न रोक लगाएको मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभयो।

तिहार पर्व सुरु हुनै लाग्दा काठमाडौंमा प्रतिबन्धित प्लास्टिकका फूल छ्याप्छ्याप्ती बनेका छन् । मेयर शाहले महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको पनि जानकारी गराउनु भएको छ । महानगरले गतवर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाएको थियो ।

यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउन मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको उहाँले जानकारी गराउनु भएको छ । उहाँले फेसबुकमा लेख्नु भएको छ ‘स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नुहुनेछ।’

व्यापारीहरूलाई  फूल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउनसमेत मेयर शाहले अनुरोध गर्नु भएको छ । उहाँले फेसबुकमा लेख्नु भएको छ ‘यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ यससँगै सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्नुहुन अनुरोध गर्दछौँ ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार