सुरक्षित र समावेशी सरसफाइ क्षेत्रको पत्रिका प्रकाशन

  वास खबर सम्बाददाता  222 पटक हेरिएको

काठमाडौ : सिटी वाईड इन्क्लुसिभ स्यानिटेसन एलायन्स नेपाल (सिविसान) ले पत्रिका प्रकाशन गरेको छ। सुरक्षित र समावेशी सरसफाइका लागि नेपालमा भैरहेका अभ्यासहरुलाई समेटेर सिविसानले पत्रिका प्रकाशन गर्न थालेको हो।

द्वैमासिक रुपमा प्रकाशन हुने पत्रिकाको यो पहिलो अंक (November, December 2024)  हो । सिबिसान समावेशी र सुरक्षित सरसफाइको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुको संगठन हो । जसले सबैका लागि सुरक्षित र समावेशी सरसफाइ सुनिश्चितताका लागि आवाज उठाउँदै आएको छ ।

पत्रिकाको पहिलो अंकमा नेपालमा सुरक्षित सरसफाइ र स्वच्छताको अवस्थाका बिषयमा विस्तृत स्टोरी प्रकाशन गरिएको छ । यस्तै सिविसानका सदस्य संस्थाहरुले गरेका विभिन्न गतिविधिहरु यस अंकमा समेटिएको छ ।

विस्तृतमा हेर्नुहोस् न्यूज लेटर :

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार