निजी धाराले खुसियाली, खानेपानीको सामाजिक परिक्षण

अछाम : अछामको कमलबजार नगरपालिका वडा नं. १० घोडासैनमा घरघरै धारा पुगेपछि गाउँलेमा खुसियाली छाएको छ । सार्वजनिक धारामा पानी भर्न जाँदा पालो कुर्नुपर्ने, कसले पहिले भर्ने भन्ने बिषयमा सामान्य विवाद हुने र समाजमा फाटो आउने भएपछि घरघरै धारा पुग्दा गाउँलेमा खुसियाली छाएको हो ।

हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रम र कमलबजार नगरपालिकाको आर्थिक तथा रूडेक नेपालको प्राविधिक सहयोगमा जगते ओडार खानेपानी तथा सरसफाइ योजना निर्माण सम्पन्न भएपछि घोडासैनको खानेपानी समस्या समाधान भएको उपभोक्ता समितिका अध्यक्ष तारा बहादुर देउवाले जानकारी दिनुभयो ।

कुल २१ लाख ४३ हजार ६६५ रुपैयाँको लागतमा सम्पन्न योजनाबाट ५८ वटा निजी धारा बनेका रुडेक नेपालका फिल्ड संयोजक मेघराज पाण्डेले जानकारी दिनुभयो । फिल्ड संयोजक पाण्डेका अनुसार जगते ओडार खानेपानी योजना सम्पन्न भएपछि स्थानीय बासिन्दाको सहभागितामा सामाजिक परिक्षण समेत गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार