
सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाको चिन्छु बजारमा प्रयोगकर्तामैत्री सार्वजनिक शौचालय सञ्चालनमा ल्याईएको छ । वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) ले भेरी गंगानगरपालिका वडा नं १२ र शारदा माध्यमिक विद्यालयको सहकार्यमा छिन्चु बजारमा प्रयोगकर्तामैत्री सार्वजनिक शौचालय सञ्चालनमा ल्याईएको हो ।
शौचालयको भेरीगंगा नगरपालिकाका मेयर भुपेन्द्र बहादुर चन्दले उदघाटन गर्नुभयो । शौचालयको उदघाटन कार्यक्रममा उपमेयर रेणु आचार्य ढकाल, विभिन्न वडाका अध्यक्षहरु, नगर समितिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा समुदायका व्यक्तिहरुक उपस्थित हुनुहुन्थ्यो ।
भेरीगंगा नगरपालिकाको आर्थिक सहयोग सहित खानेपानी, सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य कार्यक्रम/WAI परियोजना अन्तर्गत वातावरण र जनस्वास्थ्य सस्था (एन्फो) ले शौचालय निर्माण गरेको हो । शौचालय निर्माणका लागि जग्गा उपलब्ध गराएको शारदा माध्यमिक विद्यालयले नै सञ्चालन र मर्मत सम्भारको जिम्मेवारी लिएको छ ।

सार्वजनिक शौचालय भेरीगंगा नगरपालिकाको अति ब्यस्त छिन्चु बजारको बस स्टेसन नजिक भएका करण स्थानीय तथा यात्रुहरूले सार्वजनिक शौचालयबाट लाभ लिन सक्नेछन । शौचालयमा दुईवटा पुरुष शौचालय, दुईवटा महिला शौचालय, दुईवटा युरिनल र प्रत्येक कोठामा हातधुने स्टेसन राखिएको छ ।
शौचालय माथिको एउटा कोठा भाडामा दिइने र भाडाबाट उठेको रकमबाटै शौचालय सञ्चालन र मर्मत गरिने वातावरण र जनस्वास्थ्य सस्था (एन्फो) ले जनाएको छ ।


1218 पटक हेरिएको 

