
काठमाडौ : सार्वजनिक शौचालय निर्माणको काम समयमै सम्पन्न नगर्ने अछाम मंगलसेनको वंशिका निर्माण सेवालाई कार्वाहीको तयारी गरेको छ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को आर्थिक सहयोगमा अछाम र बाजुरा जिल्लामा गरी ५ वटा सार्वजनिक शौचालयको ठेक्का पाएको वंशिका निर्माण सेवाले समयमै काम सम्पन्न नगरी आलटाल गरेपछि कार्वाहीको प्रक्रिया अगाडि बढाइएको हो ।
अछाम र बाजुरासँगै ठेक्का लागेका अन्य सार्वजनिक शौचालयहरु निर्माण सम्पन्न भई हस्तान्तरण भई सकेपनि वंशिका निर्माण सेवाले बाजुरा र अछाममा निर्माण गरिरहेको शौचालयको कार्य प्रगति सन्तोषजनक नरहेको तथा लामो समय व्यतित हुँदा पनि कार्य प्रगति सुधार नभएको, विभिन्न मितिमा लिखित तथा मौखिक निर्देशन दिदा समेत कार्य प्रगति नभएको, कार्यतालिका बमोजिम कार्य नभएको र कार्य सम्पन्न गर्न तर्फ अग्रसर भएको नदेखिएकाले स्पष्टीकरण सोधिएको कोष विकास समितिले जनाएको छ ।
कोष विकास समिति (फण्ड बोर्ड) ले ठेकेदार कम्पनीबाट विश्वसनीय स्पष्टीकरण सहित सूचना प्रकाशन भएको ७ दिन भित्र आधिकारिक प्रतिनिधि स्वयं कार्यालयमा उपस्थित हुन र शौचालय निर्माण कार्य यथाशक्य चाँडो सम्पन्न गर्न भनेको छ । फण्ड बोर्डले वंशिका निर्माण सेवाको नाममा हिजो (८ गते) अन्नपूर्ण पोष्ट दैनिकमा सूचना प्रकाशन गरेको हो ।
निर्माण कम्पनीबाट भरपर्दो र विश्वासयोग्य कार्ययोजना सहित निर्माणको काम अगाडि नबढाए प्रचलित कानुन एवं ठेक्का सम्झौताका शर्तहरु बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाईने बार्डले जनाएको छ ।
हेर्नुहोस् सूचना :



1436 पटक हेरिएको 

