काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भोलि शनिबारदेखि पशुपतिनाथ सरसफाइ अभियान सुरु गर्ने भएको छ । यो अभियान संस्कृति, पर्यटन तथा नागरिक उड्डयर्नमन्त्री सुदन किरातीको अग्रसरतामा हुन लागेको हो । मन्त्री किरातीले पदभार ग्रहणकै बेला पशुपतिाथ क्षेत्रमा सरसफाइ अभियान चलाउने उदघोष गर्नुभएको थियो ।
मन्त्रालयले पशुपतिनाथ सरसफाइ अभियानमा सहभागी हुन कर्मचारी सहित संस्कृतिप्रेमी, अभियन्ता, नागरिक समाज, सञ्चारकर्मी सहित आम नागरिकलाई अपिल गरेको छ । अब देखि हरेक शनिबार ८ बजेदेखि १० बजेसम्म सफाइ अभियान चलाइने मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिनुभयो।
मन्त्रालय मातहतका सबै निकायका कर्मचारीको सहभागितामा अब हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइनेछ उहाँले भन्नुभयो । केसीका अनुसार पशुपति क्षेत्रलाई प्रमुख आकर्षक धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न मन्त्रालयले यस्तो अभियान चलाउन लागेको हो ।