
सुर्खेत : सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजनाको आयोजनामा वास प्लान अद्यावधिक सम्बन्धी तालिम सुर्खेतको वीरेन्द्रनगर सम्पन्न भएको छ ।
परियोजना लागु भएका कर्णाली प्रदेशको १९ वटा स्थानीय तहका इन्जिनियर, वास फोकल पर्सन, सुचना प्रविधी अधिकृत तथा वास संयोजकहरुको लागि तालिमको आयोजना गरिएको थियो ।
तालिममा स्थानीय तहबाट ४५ जना कर्मचारीहरु सहभागी भएका थिए । तालिम अत्यन्तै महत्वपूर्ण र तथ्यमा आधारित योजना तर्जुमा गर्नका लागि सहयोग पुग्ने दार्मा गाउँपालिकाकी इन्जिनियर आरजु चन्दले बताउनुभयो। बिद्युतिय सुशासन मार्फत योजना तर्जुमा गर्ने विधि स्थानीय तहका लागि उपयोगी सिद्द हुने उहाँको भनाइ थियो ।
भगवतीमाई गाउँपालिकाको वास इकाईमा कार्यरत वास संयोजक चक्र भण्डारीले तालिम प्रयोगात्मक कुरामा जोड दिइएकाले उपयोगी हुने बताउनुभयो ।
तालिमको प्रशिक्षण खानेपानी तथा ढल ब्यबस्थापन बिभागको सूचना ब्यबस्थापन प्रणालीमा कार्यरत डाटा विश्लेषक निरब बैधले गर्नु भएको थियो भने सुस्वा आयोजनाका सुशासन बिज्ञ निराजन श्रेष्ठ र ब्यबस्थापन सूचना प्रणाली सल्लाहकार छ्त्र चौधरीले सहभागीहरुलाई सहजीकरण गर्नु भएको थियो ।


1038 पटक हेरिएको 

