
काठमाडौ : टिकटक प्रयोगकर्ताहरुका लागि सुवर्ण अवसर आएको छ । विश्व शौचालय दिवसको अवसरमा नेपालभरबाट शौचालय वा स्वच्छता सम्बन्धी जानकारीमूलक, प्रेरणादायी वा सिर्जनात्मक टिकटक बनाई विजेता बन्न सक्नुहुन्छ ।
कर्णाली प्रदेशका वृद्ध, बालबालिका र अपांगता भएका व्यक्तिहरूसहित सबैका लागि पहुँचयोग्य, सुधारिएको र सुरक्षित शौचालय प्रवर्द्धन गर्दै आएको सुस्वा परियोजनाले विश्व शौचालय दिवसको अवसरमा टिकटक च्यालेन्जको सुरुवात गरेको हो ।
देशभरका सहभागीहरूले शौचालय वा स्वच्छतासँग सम्बन्धित TikTok भिडियो बनाइ #TikTokToiletChallenge र #WorldToiletDayNepal ह्यासट्याग प्रयोग गरी पोस्ट गर्न सक्नेछन्। साथै, आयोजकलाई Tag गर्न नबिर्सन आग्रह गरिएको छ।
अभियानका उत्कृष्ट TikTok भिडियोहरूलाई आकर्षक Gift Hampers प्रदान गरिनेछ।
भिडियो पठाउने अन्तिम मिति मङ्सिर ३ गते (१८ नोभेम्बर) तोकिएको छ भने विजेता घोषणा मङ्सिर ४ गते (१९ नोभेम्बर) LIVE प्रसारण मार्फत गरिने जनाएको छ।
‘सधैं सबैका लागि सुरक्षित र पहुँचयुक्त शौचालय आउनुहोस्, सन्देश TikTok बाट फैलाऔं!’ भन्ने सन्देश सहित यो Challenge ले सामाजिक सन्देश र जनचेतना प्रवर्द्धनमा सशक्त योगदान पुर्याउने अपेक्षा गरिएको छ।


612 पटक हेरिएको 

