
काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले विकास साझेदारहरू, वित्तीय संस्था र बहुपक्षीय विकास बैंकहरूलाई खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा लगानीलाई निरन्तर प्राथमिकतामा राख्न आग्रह गर्नु भएको छ ।
ग्लोबल साउथ WASH, Financing and Sustainability Conference 2026 को समापन मन्तव्य व्यक्त गर्दै महानिर्देशक श्रेष्ठले वास क्षेत्र सार्वजनिक स्वास्थ्य, जलवायु उत्थानशीलता र आर्थिक उत्पादकत्व बीचको स्पष्ट सम्बन्धले राष्ट्रिय तथा विश्वव्यापी वित्तीय संरचनामा वास क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न बलियो आधार निर्माण भएको बताउनुभयो।
महानिर्देशक श्रेष्ठले भन्नुभयो “पछिल्ला तीन दिनमा हामीले संवाद, ज्ञान आदानप्रदान र साझेदारीका लागि एक अत्यन्त जीवन्त मञ्चको अनुभव गर्यौं। हाम्रो क्षेत्रले सामना गरिरहेको सबैभन्दा गम्भीर चुनौती वास क्षेत्रमा देखिएको निरन्तर र बढ्दो वित्तीय अन्तर माथि हामीले सामूहिक समीक्षा गरेका छौं र यसलाई सम्बोधन गर्न व्यावहारिक मार्गहरू पहिचान गर्न सहकार्य गरेका छौं।”
उहाँले सम्मेलनले देशीय नेतृत्व (country leadership) लाई जोड दिएकाले उत्साहजनक वातावरण सिर्जना भएको उल्लेख गर्दै, “नेपाल आफ्नो राष्ट्रिय प्रणाली सुदृढीकरणमा प्रतिबद्ध रहेको बताउनुभयो । जस अन्तर्गत समग्र वास वित्तीय रोडम्याप विकास, साथै क्षेत्रगत लगानीको प्रभावकारी अनुगमन र ट्र्याकिङ प्रणाली सुधार समावेश छन्।
“अझ महत्वपूर्ण कुरा, हामीले यस चुनौतीलाई सम्बोधन गर्न व्यावहारिक मार्गहरू पहिचान गर्न सहकार्य गरेका छौं, जसको लक्ष्य दिगो विकास लक्ष्य ६ (SDG 6) र त्यसभन्दा अगाडिका लक्ष्यहरू हासिल गर्नु हो” महानिर्देशक श्रेष्ठले भन्नुभयो।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
ललितपुरमा तीन दिनदेखि जारी ग्लोबल साउथ WASH Financing and Sustainability Conference 2026 सात बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ।
नेपाल, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, दक्षिण कोरिया, केन्या, जिम्बाब्वे, दक्षिण अफ्रिका, उज्बेकिस्तान, युगान्डा, स्विट्जरल्याण्ड, फिलिपिन्स, थाइल्याण्ड, सेनेगल, सिएरा लियोन, सुडान, श्रीलंका, सिंगापुर, पाकिस्तान, नाइजेरिया, नेदरल्याण्ड्स, माल्दिभ्स, मलेसिया, मडागास्कर, इन्डोनेसिया, भारत, घाना, इथियोपिया, आइभरी कोस्ट, बुर्किना फासो तथा बंगलादेश र नेपाल सहित ३१ देशले सहभागिता जनाएका थिए।


124 पटक हेरिएको 

