खानेपानी संस्थानमा प्रबन्धक देखि प्लम्बर सम्म १९४ जनालाई जागिर

  वास खबर सम्बाददाता  426 पटक हेरिएको

काठमाडौ : नेपाल खानेपानी संस्थानले आफ्नो रिक्त रहेका १९४ जना कर्मचारी पदपूर्ति गर्ने भएको छ । संस्थानले सहायक प्रबन्धक देखि प्लम्बर सम्मका १९४ जना कर्मचारीलाई कार्य क्षमता मूल्याङ्कन, आन्तरिक प्रतियोगितात्मक परीक्षा र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूति गर्न लागेको हो।

खानेपानी संस्थानले लोक सेवा आयोगबाट यही वैशाख ४ गते सहमति पाए पछि आज गोरखा पत्र दैनिकमा पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गरेको छ । प्रकाशित सूचना अनुसार कार्य क्षमताको मूल्याङ्कनको आधारमा बढुवाद्वारा ३० जना पदपूर्ति गरिनेछ भने आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट ११ जना पदपूर्ति गर्नेछ ।

खुला तथा समावेशीबाट १५३ जना लिईने

संस्थानले उपप्रबन्धक सहित १५३ कर्मचारी खुला तथा समावेशी परीक्षाबाट पदपूर्ति गर्नेछ । खुलाईका पद मध्ये सबैभन्दा धेरै सहायक लेखापालका छन् । ३० जना सहायक लेखापालको लागि खुल्दा १७ जना खुलाका लागि छुट्याईएको छ ।

विस्तृतमा हेर्नुस् :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार