बाढी प्रभावित क्षेत्रमा वास स्वयंसेवक भएर खटिन चाहनुहुन्छ ? यो मौका तपाईकै लागि हो

  वास खबर सम्बाददाता  465 पटक हेरिएको
🔗
957
Shares

काठमाडौं : हालैको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा स्वयंसेवक भएर खटिन चाहनुहुन्छ ? त्यसो हो भने यो मौका तपाईकै लागि हो ।

पश्चिम पाइलाले आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सेवा तथा जनस्वास्थ्यमा सहयोग पुर्‍याउन युवालाई स्वयंसेवकका रूपमा परिचालन गरिने भएको छ।

हालैका बाढी तथा त्यसबाट प्रभावित समुदायमा सुरक्षित खानेपानी, सरसफाइ, स्वच्छता तथा जनस्वास्थ्यसँग सम्बन्धित जोखिम बढिरहेको अवस्थामा आपत्कालीन प्रतिकार्यमा युवाको सहभागिता बढाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।

अभियान अन्तर्गत इच्छुक युवाले आफ्नो समय, सीप र प्रतिबद्धताका आधारमा स्वयंसेवी रूपमा प्रतिकार्यमा योगदान गर्न सक्नेछन्। यसका लागि कुनै एक व्यक्तिले सबै काम गर्नुपर्ने नभई आफूले जानेको सीप र उपलब्ध समय अनुसार योगदान गर्न सक्ने व्यवस्था गरिएको छ।

स्वयंसेवकहरूले फिल्डमा परिचालित भएर पानीको गुणस्तर परीक्षण, सरसफाइ तथा स्वच्छता प्रवर्द्धन, प्राविधिक सहयोग, सञ्चार, समन्वय, दस्तावेजीकरण र समुदायसँगको संलग्नता लगायतका क्षेत्रमा सहयोग गर्न सक्नेछन्।

विशेष गरी बाढीपछि सुरक्षित खानेपानीको उपलब्धता तथा पानीको गुणस्तर सुनिश्चित गर्नु, प्रभावित समुदायमा स्वच्छता र व्यक्तिगत सरसफाइ सम्बन्धी व्यवहार प्रवर्द्धन गर्नु तथा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउनु अभियानका महत्वपूर्ण पक्षका रूपमा लिइएको छ।

आयोजकका अनुसार आपत्कालीन अवस्थामा समुदायलाई सुरक्षित, स्वस्थ र विपद्प्रति थप उत्थानशील बनाउन जनशक्ति तथा प्राविधिक सहयोग आवश्यक हुन्छ। यस्तो अवस्थामा युवाको ऊर्जा, सीप र स्वयंसेवी भावना महत्वपूर्ण हुने भएकाले अभियान मार्फत उनीहरूलाई प्रतिकार्यसँग जोड्न खोजिएको हो।

अभियानमा जोडिन चाहने युवाले उपलब्ध गराइएको फारम मार्फत आफ्नो विवरण भरेर स्वयंसेवकका रूपमा जोडिन सक्नेछन्।

इच्छुक हुनुहुन्छ ? फाराम भर्नुहोस् :  Click Here 

अभियानमा सहभागी हुन इच्छुक युवाले www.paschim-paaila.blogspot.com वा paschimpaaila.nepal@gmail.com बाट थप जानकारी लिन सक्नेछन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार