भक्तपुरको सूर्यविनायक क्षेत्रमा खानेपानीको क्षमता विस्तार हुने

 1237 पटक हेरिएको

Construction workers digging

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका पान्डुबजार तथा चुनदेवी क्षेत्रको खानेपानीको क्षमता विस्तार गर्ने भएको छ । पान्डुबजार तथा चुनदेवी क्षेत्रमा खानेपानीको माग बढेपछि पान्डुबजार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मार्पmत ९ करोडको लागानीमा डिपबोरिङ, पाइपलाइन विस्तार, ट्याङकी निर्माण गरिन लागेको हो ।

सानो क्षेत्रका लागि खानेपानी वितरण गर्ने योजना सहित २०६५ सालमा स्थापना भएको उपभोक्ता समितिमा खानेपानीको माग बढ्न थालेपछि क्षमता विस्तार गरिन लागेको उपभोक्ता समितिका अध्यक्ष राजनकाजी त्वातीले जानकारी दिनुभयो । ‘सात वर्षअघि एउटा डिपबोरिङ गरेर धारा वितरण गदै आए पनि बस्ती बढ्दै गएर पानी अपुग हुन थालेपछि क्षमता विस्तार गर्नु परेको हो’ उहाँले भन्नुभयो ।

विगत ७ वर्षमा पटक पटक गरेर पान्डुबजार तथा चुनदेवी क्षेत्रमा ३ वटा डिपबोरिङ गर्दा पनि पानीको मागमा कमी नआएपछि चौथो पटक चुनदेवी राधाकृष्ण मन्दिर अगाडि डिपबोरिङ गर्नु परेको अध्यक्ष त्वातीले बताउनुभयो । डिपबोरिङको पानी करिब १५० फिटमाथि रहेको ट्याङकीमा जम्मा गरी वितरण गर्ने योजना रहेको अध्यक्ष त्वातीले बताउनुभयो ।

खानेपानी स्रोत विस्तार कार्यक्रम अन्तर्गत अहिले डिपबोरिङको काम भइरहेको र केही समयपछि सडकको दुईतर्पm पाइपलाइन बिछ्याउने तथा ट्याङकी निर्माण कार्य सुरु हुने उहाँले बताउनुभयो । उपभोक्ता समिति मार्पmत अहिलेसम्म करिब ७ सय धारा वितरण गरिएको र अभैm ३ सय धारा जडान गर्ने तयारी छ । योजना पूरा भएपछि २० वर्षसम्मको पानीको माग धान्नेसक्ने समितिको दाबी छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार