धादिङको खानेपानीमा दिसामा पाइने जीवाणु भेटियो

 1104 पटक हेरिएको

धादिङ : धादिङको बसेरी गाविसको खानेपानीमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । बसेरीका २१ वटा मुहानको पानी जाँच गर्दा ११ वटा मुहानको पानीमा कोलिफर्म भेटिएको हो । बसेरी स्वास्थ्य चौकीको अगुवाइमा युएमएनको सहयोगबाट कोसोक नेपालले खानेपानी परीक्षण गरेको हो ।

पानीको नमुना लिएर जाँच गर्दा कोलिफर्म भेटिएको र यसले मानिसमा पानीजन्य रोगहरु लाग्ने र महामारी फैलिने कोसोकका कार्यक्रम संयोजक शान्ति तामाङले बताउनुभयो । ‘मुहानको सुरक्षा नहुँदा गाइवस्तु तथा खुल्ला दिसापिसाबका कारण स्रोत फोहोर भएको हुनसक्छ, गाउँभरिको पानीमा कोलिफर्म भेटिएकाले मुहान सफाइ तथा पानीलाई शुद्धीकरण गरेर मात्र पिउन सुझाव दिएको छु’ तामाङले भन्नुभयो ।

    मुहान संरक्षणमा कमी भएकाले पानीमा कोलिफर्म भेटिएको र यसका लागि  मुहान संरक्षण गरी सरसफाइमा ध्यान दिनुपर्ने कोसोकका कार्यक्रम संयोजक तामाङले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार