पोखराको खानेपानीका लागि जाइकाको साढे ४ अर्ब सहयोग

कास्की : पोखरामा खानेपानी परियोजना निर्माणका लागि जापानी सहयोग नियोग जाइकाले सहयोग गर्ने भएको छ । खानेपानी परियोजना निर्माणका लागि चार अर्ब ५२ करोड अनुदान सहयोग उपलब्ध गराउने सम्झौतामा जापानका राजदूत सामासी ओगावा र अर्थ सचिव शान्तराज सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।

खानेपानी प्रशोधन केन्द्र सहित पाइप विछ्याउने काम सन् २०२० सम्ममा सम्पन्न गर्नुपर्ने लक्ष्य तोकेको छ । पानी प्रशोधन केन्द्र मादी खोला नजिक र वितरण लाइन पोखरा उपमहानगरपालिका भित्र निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

परियोजना सम्पन्न भएपछि हप्तामा सातै दिन खानेपानी आपूर्ति हुनेछ । खानेपानी परियोजनाबाट पोखराका ३ लाख ५५ हजार ३ सय ५७ घर लाभन्वित हुनेछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार