दैलेख : दैलेखको दुल्लु नगरपालिका ३ मा मर्मत सम्भार कार्यकर्ताको व्यवस्था गरेपछि धारामा नियमित पानी आउन थालेको छ । पानी खोल्ने र बन्द गर्ने काम समेत मर्मत सम्भार कार्यकर्ताले नै गर्ने भएकाले सबै टोलमा पानीको समानुपातिक वितरण गर्न पनि मद्दत पुगेको छ ।
पानीको मर्मत सम्भार गर्ने सीप भएका व्यक्तिलाई मात्र कार्यकर्ताको जिम्मेवारी दिइन्छ । हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रमले खानेपानी उपभोक्ता समितिलाई मर्मत सम्भारका लागि आवश्यक पर्ने उपकरण पनि दिइएको छ । मर्मत सम्भार कार्यकर्ताको भूमिका र सीपका विषयमा दुल्लुको मसिन्न तल्लोपीरु खानेपानी आयोजनाका मर्मत सम्भार कार्यकर्ता पदम बहादुर साउदका कुरा सुनौं ।
https://www.youtube.com/watch?v=LcoVYewOyrw