काठमाडौं, ८ फागुन । सरसफाइ गुरुयोजना २०६८ कार्यान्वयनमा आएको पाँच बर्षमा देशका ३८ जिल्ला खुल्ला दिसामुक्त भएका छन् । भोजपुर, मनाङ, डोल्पा, मुगु, डोटी र दार्चुला गरी ६ जिल्ला खुल्ला दिसामु्क्त घोषणा गर्ने तयारीमा छन् ।
११ जिल्लाको सरसफाइ प्रगति पनि ९० प्रतिशत भन्दा माथि पुगेको छ । २० जिल्लाको अवस्था भने ५१ र ८२ प्रतिशतको बीचमा छ । सन् २०१७ भित्र सबै नेपालीको घरमा आधारभूत तहको सरसफाइ सुविधा पु¥याउने गुरुयोजनाको लक्ष्य छ । हेर्नुहोस् यसै विषयमा खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक मनोज घिमिरे सँग washkhabar ले गरेको भिडियो वार्ता ।