गाईगोठले पूर्ण सरसफाइ कार्यक्रम प्रभावित (भिडियो रिपोर्ट)

कालिकोट १२ फागुन । आँगनमा केटाकेटी खेल्ने ठाउँमा गाईवस्तु बाँधिएका हुन्छन् । सफासुग्घर हुनुपर्ने आँगन गोबर र मलले भरिएका छन् । गाईवस्तुको गोबर र वातावरणीय सरसफाइको अभावमा मौरी जस्तै गरी झिंगा भुनभुन गरिरहन्छन् । खुल्ला दिसामु्क्त गाउँ कालिकोटको राँचुली पुग्दा तपाईले यो भन्दा फरक दृश्य देख्न पाउनुहुने छैन ।

कालिकोटको राँचुली लगायत अरु गाविसमा पनि घरमै वस्तुभाउ पाल्ने चलन नौलो होइन । पुस्तौं पुस्तादेखि घरमै वस्तुभाउ पाल्ने चलनलाई अहिलेका पुस्ताले पनि निरन्तरता दिएका हुन् । घरमा वस्तुभाउ पाल्दा वातावरण फोहोरमैला भएकाले राँचुलीलाई पूर्ण सरसफाइयुक्त घोषणा गर्ने अभियान समेत प्रभावित भएको छ ।

घरआँगनबाट गाईवस्तु हटाएर अन्यत्र लैजान विभिन्न संघसंस्थाले पहल गरेपनि जग्गा अभाव देखाउदै स्थानीयबासिन्दाले मानेका छ्रैनन् । पूर्ण सरसफाइ घोषणा गर्न आवश्यक पाँच प्लस १ सूचक मध्ये सफा घर आँगन अनिवार्य हुनुपर्छ । रेणू डिसीको रिपोर्ट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार