मुहान सुकेपछि विद्यालयमा खानेपानीको अभाव

इलाम १४ फागुन । इलामको दक्षिणी भेगका विद्यालयमा खानेपानी अभाव हुन थालेको छ । चुरेक्षेत्रमा खानेपानीको मुहान सुक्न थालेपछि विद्यालयमा खानेपानी समस्या भएको हो ।  विद्यालयमा खानेपानीको समस्या भएपछि अधिकांश विद्यार्थी घरैबाट बोतलमा पानी बोकेर आउँछन् । घरबाट पानी नल्याउने विद्यार्थीहरु भने नजिकका गाउँ पसेर पानी मागेर तिर्खा मेटाउँछन् ।

खानेपानी नभएकै कारण दानाबारीस्थित कन्काई मावि र दीपज्योति प्राविका विद्यार्थी घरैबाट बोतलमा खानेपानी बोकेर आउने गरेका छन् । विद्यार्थी पानी खोज्न गाउँ पसेपछि पढाइमा समेत वाधा पुगेको कन्काई माविका शिक्षक खेमराज लिम्बूले बताउनुभयो । ‘पानी खान गएका विद्यार्थी कक्षामा ढिलो गरेर आउने गरेकाले पुनः कक्षा सञ्चालन गर्न विद्यार्थी पर्खनुपर्छ’ शिक्षक लिम्बुले भन्नुभयो ।


चुरे क्षेत्रमा पर्ने चुलाचुली, दानाबारी, महमाई, साकफारा, बाँझो गाविसमा खानेपानीको मूल सुकेका छन् । दानाबारीको २, ३, ४, ५ र ७ नम्बर वडालाई समेट्ने गरी झन्डै दुई दशक अघि एसियाली विकास बैंकको सहयोगमा एक करोड ६७ लाख रुपैयाँको लागतमा निर्माण भएको झुत्रे खानेपानी आयोजना अन्तर्गत बनाएका चार सय २२ धारामध्ये यतिबेला ८÷१० धारामा मात्र पानी आउने गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार