देशका २५ जिल्लामा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुने

काठमाडौ १८ फागुन । एसियाली विकास बैँकको सहयोगमा देशका २५ जिल्लामा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुने भएको छ । खानेपानी तथा ढल निकास विभागले एसियाली विकास बैँकको एक अर्ब २५ करोड ऋण सहयोगमा २५ जिल्लामा आयोजना सञ्चालन गर्न लागेको हो । कार्यक्रम तनहुँ, इलाम, झापा, भोजपुर, सुनसरी, खोटाङ, उदयपुर, सिरहा, धनुषा, सर्लाही, दोलखा, नुवाकोट, रौतहट, चितवन, नवलपरासी, कपिलवस्तु, कास्की, ?कुम, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, बझाङ, डडेलधुरा र कञ्चनपुरमा सञ्चालन हुनेछ ।

७० प्रतिशत एसियाली विकास बैँकको सहयोग र ३० प्रतिशत जनश्रमदानमा यो कार्यक्रम सञ्चालन गर्न लागेको विभागका उपसचिव अ?णकुमार सिम्खडाले  बताउनुभयो । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सबै जनतालाई आधारभूत खानेपानी पु¥याउने उद्देश्यका लागि दातृ संस्थामार्फत क्रृण लिएर विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । पहाडी क्षेत्रका बासिन्दाका लागि खोलाबाट मोटरले पानी तान्ने तथा तराईका बासिन्दाका लागि डिप ट्युवेलको व्यवस्था गरिएको बताउनुभयो ।

हाल ८५ प्रतिशत जनतामा खानेपानीको पहुँच पु्गेको सरकारी तथ्यांक छभ । सरकारले २०१७ को अन्त्यसम्म सबै नेपालीलाई आधारभूत खानेपानी पु¥याउने वाचा पूरा गर्न जोड दिइरहेको राज्यमन्त्री खड्काले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार